२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति, ‘गम्भीर र असामान्य टिप्पणी’



अ+ अ-

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीले संसद्मा दिएको नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिलाई असामान्य र गम्भीर टिप्पणीका रूपमा लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसले नेपालको भौगोलिक अखण्डतासम्बन्धी विषयमा नकारात्मक सन्देश दिने बताएका छन्।

आचार्यले आजसम्म कुनै पनि प्रधानमन्त्रीले संसद् वा संसद् बाहिर यस्तो अभिव्यक्ति दिएको रेकर्ड नभएको उल्लेख गर्दै यस्तो धारणा अपेक्षित नभएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीको यस्तो भनाइले नेपाली भूमि अतिक्रमणको विषयलाई कुनै न कुनै रूपमा फाइदा वा वैधता दिन सक्ने जोखिम रहेको छ।

उनले सीमा अतिक्रमणलाई दुई देशबीचको पारस्परिक विषयका रूपमा प्रस्तुत गर्नु सरकार प्रमुखको अभिव्यक्ति भएको भन्दै यसले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकार इच्छुक छैन वा सक्षम छैन भन्ने सन्देश प्रवाह गर्न सक्ने टिप्पणी गरेका छन्।

आचार्यले वर्तमान परिस्थितिमा देश र नागरिक अझ बढी सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन्।