काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र कसैको भूमि नमिचेको बताएका छन्। उनले नेपालले आफ्नो भूमि तथा राष्ट्रिय सीमाको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, राष्ट्रिय हितका विषयमा नेपालीहरूको साझा धारणा हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।
भण्डारीले सरकारसँग प्रश्न गर्दै नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो भन्ने स्पष्ट पार्न माग गरेका छन्। यदि सरकारसँग यस सम्बन्धमा कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज भए सार्वजनिक गर्न उनले आग्रह गरेका छन्।
न्यूजपोलार
१७ जेष्ठ २०८३, आईतवार १७:२९
न्यूजपोलार
१७ जेष्ठ २०८३, आईतवार १७:२९
१७ जेष्ठ २०८३, आईतवार १७:२९










