२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिपछि प्रश्नोत्तर प्रक्रिया विवादमा, नियम उल्लंघन गरेको विपक्षीको आरोप



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन शाह आफैं उपस्थित भई सांसद्हरूका प्रश्नको जवाफ दिने तयारी गरेपछि संसद्‌भित्र नयाँ बहस सुरु भएको छ।

बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले रोष्ट्रममा पुगेर आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग उठेकाले प्रत्यक्ष रूपमा जवाफ दिन उपस्थित भएको बताएका थिए। उनले संसद्मा परम्परागत अभ्यासअनुसार आफू बोल्न तयार रहेको संकेत गर्दै सभामुखसँग समय मागेका थिए।

सभामुख डोलप्रसाद अर्यालले प्रारम्भमा सचिवालयसँग परामर्श गरेपछि प्रधानमन्त्रीलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए। त्यसपछि उनले प्रत्येक संसदीय दलबाट एक/एक जना सांसदलाई प्रश्न सोध्ने अवसर दिने घोषणा गरे।

तर सभामुखको यो निर्णयप्रति विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग नियमित प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था रहेको भन्दै वैकल्पिक प्रक्रिया अस्वीकार गरेका छन्।

विपक्षीको आपत्तिपछि संसद्‌भित्र वातावरण तनावपूर्ण बनेको छ भने प्रश्नोत्तर कार्यक्रमको स्वरूपबारे सत्ता–विपक्षबीच मतभेद देखिएको छ।