३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भएपनि सरकार गरिबप्रति अनुदारः गगन थापा

बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भएपनि सरकार गरिबप्रति अनुदारः गगन थापा
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्युन आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा काँग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भयो ।

उहाँले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काँग्रेसले सहयोग गर्ने स्पष्ट पार्नुभयो । यद्यपि बजेट र सरकारको कार्यशैलीले गरिबी निवारण भन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उहाँको गम्भीर आरोप छ ।

सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्युन आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको दाबी गर्नुभयो ।

सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो मात्र बजेट आयो । अब हामी प्रतिपक्षमा छौँ । हाम्रो जिम्मेवारी छ नि त हामीले देश र जनतालाई बताउनुपर्छ । हामीले के देख्यौँ कि लामो समयदेखि नेपाली काँग्रेस पार्टीले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको थियो ।

काँग्रेसभित्र पनि हामीहरू जो अहिले जिम्मेवारीमा छौँ हामीहरूले त त्यसका निम्ति पहलकदमी नै गर्दै आएका थियौँ । त्यसैले हिजो नेपाल सरकारले ल्याएको भर्खर निर्वाचित भएको सरकारले ल्याएको बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुराहरुलाई अगाडि सारेको छ । थुप्रै नीतिगत कुराहरूमा सुधारका लागि अगाडि सारेको छ ।

यी कुराहरूमा लाई हामीले स्वागत पनि गर्नुपर्छ र आवश्यक परेको ठाउँमा भोलि यसका लागि चाहिने कानुनहरू निर्माण गर्नुपर्ने छ यसमा हामीले मद्दत पनि गर्नुपर्छ । जहाँ ठिक कुरा भएको छ त्यसलाई हामीले ठिक भन्नुपर्छ । तर केही कुराहरू छन् जहाँ हामीले सचेत गराउनुपर्छ । यो सरकारले एउटा कुराको मेसो पाउन सकिरहेको छैन । गरिबी र गरिब दुइटा फरक कुरा हुन् । गरिबी भनेको अवस्था हो, गरिबी भनेको अभावको अवस्था हो यो संरचनागत समस्या हो ।

यहाँ अभाव हुन्छ असमानताको कारणले गर्दा गरिबी यहाँ आउँछ विभेदको कारणले गर्दा गरिबी आउँछ ऐतिहासिक कारणले गर्दा गरिबी आउँछ गरिबी अवस्था हो । तर गरिब भनेको को ? गरिब भनेको हाड छाला मासु भएको मान्छे हो । यो सरकारले के गर्नुपर्ने हो भने गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा यो गरिबी हटाउने तिर लागेको छैन यो गरिब मास्न तिर लागेको छ । गरिबी हटाउने होइन गरिब मास्ने कुराले सोचले कहिल्यै पनि गरिबी सकिँदैन ।

भूमिहीन र सुकुम्बासीको सन्दर्भमा गरेको व्यवहारलाई कतिवटा टहरा भत्क्यो भनेर नहेरौँ । त्यसलाई कसरी हेर्नुपर्छ भने यो राज्यको नियत के देखिन्छ प्रवृत्ति के देखिन्छ भने म गरिबी हटाउँछु होइन म गरिबलाई हटाइदिन्छु । मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मास्दिन्छु म हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ ।

हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौँ । आर्थिक मन्दीबाट सबैभन्दा बढी पिल्सिएको अहिलेको महँगीबाट सबैभन्दा बढी पिल्सिएको सबैभन्दा न्यून आय भएका मानिसहरू जसको भान्सा चल्न गाह्रो भएको छ, जसको केटाकेटीलाई पढाउन गाह्रो भएको छ विद्यालयको शुल्क तिर्न गाह्रो भएको छ जसलाई अस्पतालमा गएर पैसा तिर्न गाह्रो भएको छ हिजो हामीले करका दरहरू पुनरावलोकन गरेको हामीले हेर्यौँ भनेदेखि भए के पाउँछौँ भने स्टेटको दिमागमा नै यो गरिब प्रति यसको ठुलो जहाँ यसले गरिब देख्छ गरिब प्रतिको उसको ठुलो उदासीनता छ ।

गरिब अथवा न्यून आय भएको सोसाइटीमा अलिकति तल्लो आय भएको सबै तह र तप्का त्यो वर्गप्रति उसको ठुलो उदासीनता छ । यहाँ त्यो कामै गर्न चाहँदैन । यो भन्दा माथिल्लो तह माथिल्ला आम्दानी भएका मानिसहरूको सन्दर्भमा कतिपय कयौँ कुराहरू सकारात्मक छ मैले भनेँ ओभरअल कतिपय कुराहरू सकारात्मक छ । तर यो विषयहरू उठाउने काम कसको हो त ? यत्रो स्टेट छ, यत्रो संविधान बनाएका छौँ संविधानमा सारा सबै न्यायका कुरा लेखेका छौँ समानताका कुरा लेखेका छौँ अहिले तपाईँ सामाजिक सञ्जालमा गएर हेर्नुभयो भने जताततै सरकारले यो ल्यायो सरकारले त्यो ल्यायो वाहवाही वाहवाही यता छुट यता छुट त्यो पनि भइ हामी देख्छौँ ।

तर हाम्रो ड्युटी के हो त ? कहाँ वाहवाही भएको छ भनेर त्यहाँ बहकिने पनि होइन कतै गएर बोल्दै गर्दा गाली खाइन्छ भनेर तर्सेर भाग्ने पनि होइन हाम्रो ड्युटी छ । हामी अपोजिसन हौँ । सरकारले संविधान मास्छ काँग्रेस उभिन्छ । सरकार कानुनका विरुद्धमा बोल्छ काँग्रेस उभिन्छ ।

सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन उसले त्यसको नीति उसको स्रोत साधन नियम कानुन त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले यो कुरा प्राप्त गर्नुपर्छ भनेर त्यहाँ काँग्रेस उभिन्छ यो अपोजिसनको ड्युटी हो ।

यो अपोजिसनको ड्युटी हामीले आज पार्टी निर्वाह गर्दै गर्दै जानुपर्ने छ । यो अपोजिसनको ड्युटी निर्वाह गर्न सबैभन्दा गाह्रो हुन्छ हेर्नुस् । सबैभन्दा सजिलो काम सरकारमा बस्दा हुन्छ किन सरकारमा बस्दै गर्दा तपाईँले निर्णय गर्दिए पुग्छ तपाईँले कसैलाई दिइदिन्छु भने पुग्छ । तर अपोजिसनको ड्युटी निर्वाह गरिराख्दै गर्दा तपाईंसँग त्यो नैतिक साहस चाहिन्छ नैतिक ताकत चाहिन्छ नागरिकको भरोसा जित्नुपर्छ जनताको बीचमा जानुपर्छ त्यसैले म नेपाल थारु संघलाई पनि आग्रह गर्न चाहन्छु अब यो धेरै माथि पार्टीको भित्रको गन्थन सन्थन छोड्नुस् ।

सबै नेताहरू प्रति सबैको आदर भाव राख्नुस् तपाईं पार्टीको एउटा संस्था हो तपाईंहरु पार्टीको आधिकारिक भ्रातृ संस्था हो तपाईंहरु कहाँ जाने हो भने आम थारुहरूको बीचमा जाने हो तल जनताको बीचमा जाने हो नागरिकका बीचमा जाने हो अब हामी पार्टी माथितिर फर्किएर हुँदैन तलतिर फर्काउनुपर्ने छ । विद्यार्थी संगठन विद्यार्थीको बीचमा जानुपर्यो महिला संगठन महिलाको बीचमा जानुपर्यो दलित संघ दलितको बीचमा जानुपर्यो थारु संघ थारुहरूको बीचमा जानुपर्यो ।’

सभापति थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको गन्थन छोडेर जनताको बीचमा जान निर्देशन दिनुभयो ।

थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघ जस्ता संस्थाहरूले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको भरोसा जित्नुपर्नेमा उहाँले जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल