५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

नयाँ निर्वाचन : एजेन्डा पुरानै

नयाँ निर्वाचन : एजेन्डा पुरानै
अ+ अ-

काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि कुनै पनि दलले नयाँ घोषणापत्र सार्वजनिक गरेका छैनन् । अघिल्लोपटक स्थानीय निर्वाचन भएको अढाई वर्ष भइसक्यो, प्रदेश र संघीय संसद्को निर्वाचन भएको पनि दुई वर्ष पूरा भयो । यसबीचमा राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तन आइसके पनि दलहरूले भने घोषणापत्रमा केही पनि परिवर्तन गरेका छैनन् ।

उम्मेदवार नयाँ भए पनि पुरानै घोषणापत्र लिएर निर्वाचन क्षेत्र जाने भएका छन् । अघिल्लो निर्वाचनमा लिएको पुरानै घोषणापत्र लिएर उम्मेदवार उपनिर्वाचनमा होमिने तयारी गरेका हुन् । पार्टीकै पुरानो घोषणापत्रलाई समेट्दै तत्काल देखिएका स्थानीय समस्यालाई आधार बनाई उम्मेदवार मैदानमा उत्रने योजना बनाएका छन् । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुरानै घोषणापत्र लिएर उपनिर्वाचनमा जाने तयारी भएको नेताहरूले बताए ।


प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीन, स्थानीय तह प्रमुखमा चार र वडाध्यक्षमा ४६ गरी ५४ पदमा उपनिर्वाचन

सत्तारुढ नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अघिल्लो समयको घोषणापत्रले नै उपनिर्वाचनमा काम गर्ने बताए । ‘घोषणापत्र मूलतः पाँच वर्षका लागि बनाइएको हो,’ उनले भने, ‘अहिले नयाँ घोषणापत्र बनाउँदैनौँ, पुरानै घोषणापत्रका आधारमा उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको प्रतिबद्धतापत्र बनाउनुहुन्छ ।’

समाजवादी पार्टी र राजपालगायत दलहरूले पनि पुरानै घोषणापत्र लिएर जाँदै छन् । अघिल्लो निर्वाचनमा दलहरूले घोषणापत्रमा सडक, रेल, पुलपुलेसा बाटाघाटा, जलविद्युत् आयोजना निर्माणलगायत एजेन्डा समेटेका थिए । समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले आफ्ना पार्टीका उम्मेदवारले तत्काल देखिएका स्थानीय एजेन्डा समेटे पनि पुरानै घोषणापत्र लिएर मत माग्ने बताए । उपनिर्वाचनकै लागि नयाँ घोषणापत्र नबनाउने सुवेदीले बताए ।

राजपा महासचिव केशव झाले तत्काल देखिएका समस्याबाहेक पुरानै घोषणापत्र उपनिर्वाचनमा काम लाग्ने बताए । नेकपा महासचिव विष्णु पौडेलले उपनिर्वाचनलाई अघिल्लो निर्वाचनकै निरन्तरताका रूपमा अथ्र्याए । ‘हामीले उपनिर्वाचनका लागि मात्रै छुट्टै घोषणापत्र बनाउने योजना गरेको छैन । अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्न उम्मेदवारहरूले मत माग्नुहुन्छ ।’

समाजवादीसँग तालमेल गर्न खोज्दै राजपा:राष्ट्रिय जनता पार्टी (राजपा)ले समाजवादी पार्टी नेपालसँग आउँदो उपनिर्वाचनमा तालमेलको कोसिस गर्ने भएको छ । १४ मंसिरमा हुने उपनिर्वाचनमा समाजवादी पार्टीसँग तालमेलको प्रयास गर्ने भन्दै राजपाको मंगलबारको अध्यक्षमण्डलको बैठकले त्यसपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको हो । ‘समाजवादी पार्टीसँग उम्मेदवार तय गर्नुपूर्व वार्ता गरेर तालमेलको प्रयास गर्ने निर्णय भएको छ,’ अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले भने ।

५४ पदका लागि निर्वाचन:१४ मंसिरमा हुने उपनिर्वाचनमा ५४ पदमा जनप्रतिनिधि चुनिनेछन् । प्रतिनिधिसभातर्फ एक, प्रदेश सभातर्फ तीन, स्थानीयतर्फ एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका प्रमुख र ४६ वडाध्यक्षको निर्वाचन हुनेछ । एक प्रतिनिधिसभा कास्की दुई र प्रदेश सभामा दाङ, बाग्लुङ र भक्तपुरका तीन क्षेत्र छन् ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगर प्रमुख, महोत्तरीको पिपरा गाउँपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका प्रमुख र पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुख गरी चार प्रतिनिधि चुनिनेछन् । यसबाहेक आठ सय ८८ सदस्य वडासदस्यको पनि पद रिक्त छ, तर कानुनी प्रावधानका कारण ती सदस्यको उपनिर्वाचन नहुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले एक संघीय निर्वाचन क्षेत्र र तीन प्रदेश सभा निर्वाचन क्षेत्रका लागि बिहीबार बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन समय तोकेको छ ।

कांग्रेसलाई उम्मेदवार छान्नै सकस: कांग्रेस पदाधिकारीको मंगलबार दिनभरिको बैठकले पनि चारजना उम्मेदवार टुंग्याउन सकेन । गुटगत स्वार्थ नमिल्दा उम्मेदवार टुंग्याउन सकस परेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बिहान मात्रै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिए । ‘मंगलबार दिनभरजसो उम्मेदवारको विषयमा छलफल गर्यौ,’ प्रवक्ता शर्माले भने, ‘बुधबार बिहान मात्रै अन्तिम टुंगो लगाउने गरी उठ्यौँ ।’ यसअघि केन्द्रीय समितिले उपनिर्वाचनका लागि चार ठाउँका उम्मेदवार टुंग्याउने जिम्मा पदाधिकारीलाई दिएको थियो ।

सात पदाधिकारीमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थपिएका थिए । नेता रामचन्द्र पौडेलले कुनै पनि ठाउँमा उम्मेदवार नटुंगिएको जानकारी दिए । मंगलबार बिहान १० बजे सुरु भएको बैठक राति साढे ८ बजेसम्मै बसे पनि सहमति भएन । बिहीबार उम्मेदवारी मनोनयनको दिन भए पनि कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवार चयनमा ढिलाइ गरेको हो।

नेताहरूबीच गुटगत राजनीति र १४औँ महाधिवेशनको जोडघटाउका कारण सहमति हुन नसकेको एक नेताले बताए । ‘जित्नेभन्दा पनि आफूनिकटको नेता चयनमा लाग्दा सहमति हुन सकेन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सम्पूर्ण रूपमा पार्टी एक भएर निर्वाचन लडे मात्र टक्कर दिन सकिने हो, तर सभापतिले आगामी महाधिवेशनको स्वार्थभन्दा अरू हेर्नुभएन ।’

धनराजको समर्थनमा देउवा: कास्की २ बाट सिफारिस १६ जनामा केन्द्रीय सदस्य धनराज गुरुङको नाम थिएन । तर, पछिल्लो केही दिनयता गुरुङको नाम चर्चामा छ । गुरुङ पौडेल पक्षका भए पनि देउवाले उनैलाई उम्मेदवार बनाउन खोजेका छन् । ‘गुरुङजी सभापतिनिकटको नेता होइन, तर उहाँलाई देउवाजीले उम्मेदवार बनाउन प्रस्ताव गरिरहनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘चुनाव जित्नेभन्दा गुट विस्तारमा सभापति लाग्नुभएको देखियो ।’

नेकपा उम्मेदवारहरू भन्छन्–अघिल्लो निर्वाचनकै प्रतिबद्धताअनुसार मत माग्छौँ पार्टीको पुरानो घोषणापत्रलाई आधार बनाई स्थानीय समस्यालाई समेटी प्रतिबद्धतापत्र बनाउन लागेको नेकपा कास्की क्षेत्र नम्बर दुईकी उम्मेदवार विद्या भट्टराईले बताइन् । ‘अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले गर्नुभएका प्रतिबद्धता २ वर्षमा कति पूरा भए ? बाँकी तीन वर्षमा म ती पूरा गर्ने प्रतिबद्धता गर्नेछु,’ भट्टराईले भनिन्, ‘अरू स्थानीय रूपमा देखिएका समस्यालाई समेटेर प्रतिबद्धतापत्र बनाउने तयारी गरेकी छु ।’

स्थानीय एजेन्डालाई समेटेर भोट माग्न सुरु गरिसकेको भट्टराईले बताइन् । नेकपा भक्तपुर एक‘क’का उम्मेदवार देवीप्रसाद (डिपी) ढकालले पुरानै घोषणापत्र लिएर मत माग्न थालेको बताए। ‘उपनिर्वाचन अघिल्लो निर्वाचनकै अंश हो,’ ढकालले भने । नयाँ पत्रिका दैनिकबाट