४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

गरिबी निवारण गर्ने नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरीः सभापति थापा

गरिबी निवारण गर्ने नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरीः सभापति थापा
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरिबी र गरिबबीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभएको छ ।

उहाँले सरकारको हस्तक्षेप गरिबी निवारणतर्फ केन्द्रित हुनुपर्नेमा गरिबलाई नै हटाउनेतर्फ मोडिएको भन्दै आलोचना गर्नुभएको हो । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सुकुम्बासी र भूमिहीन नागरिकका समस्यालाई मानवीय दृष्टिले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सफाइका नाममा मानिसलाई उठिबास लगाउनु गलत भएको उहाँको भनाइ छ । सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै उहाँले प्रतिपक्षी दलको हैसियतले सरकारलाई बाटो देखाउनु र सम्झाउनु आफूहरूको कर्तव्य भएको बताउनु भयो । सुकुम्बासी बस्तीहरूमा सरकारले चलाएको डोजर र विस्थापनको प्रसङ्गलाई जोड्दै थापाले यसले नागरिकमा गम्भीर मनोवैज्ञानिक असर पारेको उल्लेख गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, ‘गरिब र गरिबी फरक कुरा हुन् । सरकारले लिनुपर्ने पहलकदमी गरिबीका विरुद्ध हुनुपथ्र्यो, तर गरिबलाई नै विस्थापित गरेर गरिबी हट्छ भन्नु सरकारको भ्रम हो । आफ्नो वासस्थानको टुङ्गो नहुँदा, छोराछोरीको शिक्षा र जीविकोपार्जन अन्योलमा पर्दा मानिसमा तिब्र तनाव, एन्जाइटी र डिप्रेसनको समस्या देखिन थालेको छ । खोला किनारका बस्ती कसैका लागि सामान्य देखिए पनि त्यहाँ बस्नेहरूका लागि त्यो घर हो । रातारात घर भत्काइँदा उनीहरूमा पर्ने मानसिक चोटप्रति राज्य संवेदनशील हुनुपर्छ ।’

सभापति थापाले आफ्नो पार्टीका प्रतिनिधिहरूले होल्डिङ सेन्टर र प्रभावित क्षेत्रमा पुगेर गरेको अध्ययनको समेत चर्चा गर्नुभयो । उहाँले सरकारी अवरोधका कारण सबै ठाउँमा अध्ययन गर्न सहज नभए पनि उपलब्ध तथ्याङ्कले विस्थापित नागरिकको अवस्था भयावह रहेको संकेत गरेको बताउनु भयो । नागरिकका समस्याप्रति सहानुभूति राख्दै उनीहरूको न्यायका लागि उभिनु पार्टीको जिम्मेवारी भएको उहाँको भनाइ छ ।