२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा बेरोजगारी बढेपछि बेलायतमा ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम



अ+ अ-

लण्डन। बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबीच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ ।

समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्ममा रोजगारी, शिक्षा वा तालिममा नजाने १६ देखि २४ वर्ष उमेर समूहका युवाको सङ्ख्या १२ लाख ५० हजार अर्थात् हरेक छ युवामध्ये एक जनामा यो समस्या रहने हालै सार्वजनिक प्रतिवेदनले चेतावनी दिएको छ ।

प्रधानमन्त्री केइर स्टार्मरले गत वर्ष बढ्दो युवा बेरोजगारीको कारण बुझ्नको लागि समीक्षा गर्नुभएको छ ।

“हामी ‘लस्ट जेनेरेसन’को पुस्ताको जोखिममा छौँ,” समीक्षाको नेतृत्व गर्ने लेबर पार्टीका पूर्व क्याबिनेट मन्त्री एलन मिलबर्नले बिहीबार रिपोर्ट प्रस्तुत गर्नुअघि भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो युवाहरूको असफलता होइन। यो विगतमा अड्किएको व्यवस्थाको असफलता हो।”

रिपोर्ट अनुसार बेलायतका युवाहरू ‘रोजगारीको अवसरको सिढीको पहिलो खुड्किलो’ मा पुग्न सङ्घर्ष गरिरहेका छन् र १२ लाख ५० हजार बेरोजगार युवामध्ये ८४ प्रतिशत युवाले जागिर वा प्रशिक्षणमा जोडिन चाहन्छन् ।

रिपोर्टमा भनिएको छ, “यो आतिथ्य रोजगारी, सप्ताहन्तको रोजगार र उद्यमजस्ता प्रवेश–स्तरको भूमिकाहरूमा ‘तीव्र गिरावट’ को परिणाम हो।”

“चाहे त्यो शिक्षा होस् वा स्वास्थ्य वा कल्याण, त्यो प्रणालीले श्रम बजारमा उनीहरूको सहभागिता सक्षम गर्न असफल हुन्छ,” मिलबर्नले भन्नुभयो ।

प्रस्तावित समाधानहरू वर्षको अन्त्यमा विस्तृत रूपमा तय गरिएको छ। “मिलबर्न समीक्षामा पहिचान गरिएका मुद्दाहरू लामो समयदेखि व्यवसायहरूले रिपोर्ट गरेका छन्,” ब्रिटिश चेम्बर्स अफ कमर्सका महानिर्देशक शेभन ह्याभिल्यान्डले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो रिपोर्ट रोजगारी, शिक्षा र प्रशिक्षणमा नभएका युवाहरूको सङ्कटको बारेमा नीति निर्माताहरूका लागि चेतावनीको हुनुपर्छ ।  (रासस/एएफपी)