२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा



फाइल फोटो
अ+ अ-

कैलाली। कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरिएसँगै सञ्चालनमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्न नहुने स्पष्ट पार्दै कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरी १०० श्ययाा विस्तार गरिने जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा डायलासिस सेवाको विस्तार गरिने उल्लेख गर्दै उहाँले लम्कीचुहा प्रादेशिक अस्पतालमा यसै वर्षदेखि डायलासिस सेवा सुरु गर्ने घोषणा गर्नुभयो ।

मुख्यमन्त्री शाहले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा आएसँगै ट्रमासेन्टर स्थापना गर्ने बाटो खुलेको बताउनुभयो । उहाँले ५० श्ययाभन्दा कमका अस्पतालमा ट्रमासेन्टर सञ्चालन गर्न कठिन हुने भएकाले प्रादेशिक अस्पतालको संरचना आवश्यक भएको स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारले प्रदेश गठन आदेशअनुसार प्रादेशिक अस्पताल व्यवस्थापन समिति गठन गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वोच्च अदालत पुगेको र सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण नबनाइएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले आव २०८०÷८१ देखि प्रदेश मातहत रहेका अस्पतालको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको थियो ।

उक्त नीतिअनुसार सरकारले आवश्यक बजेट विनियोजन गरिएको थियो । आव २०८२÷८३ मा सोही नीतिलाई निरन्तरता दिँदै अस्पतालको स्तरोन्नति प्रक्रिया अघि बढाइएको हो । पहिलो चरणमा डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो ।

लम्कीचुहा नगरपालिकाले १५ श्ययाको अस्पताललाई ५० श्ययामा विस्तार गर्न औपचारिक सिफारिस गरेपछि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको थियो । विसं २०८२ जेठ २६ गते नेपाल सरकार मन्त्रिपरिषद्ले प्रदेश सरकारमार्फत सञ्चालन गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रदेश सरकारले पटकपटक लम्कीचुहा नगरपालिकालाई सम्झौताका लागि पत्राचार गर्दा पनि पालिकाको व्यवस्था र अवरोधका कारण प्रादेशिक अस्पताल सञ्चालन र सेवा विस्तारमा ढिलाइ भइरहेको थियो । यसैबीच, डडेल्धुराको जोगबुढा अस्पताल भने स्थानीय तहसँग समयमै सम्झौता भई सञ्चालनमा आइसकेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रकम विनियोजन गरेको छ भने लम्कीचुहा प्रादेशिक अस्पतालका लागि १४६ जनाको दरबन्दी स्वीकृत गरेको छ । अस्पताल सञ्चालनमा आएसँगै अब आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । यसले उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

लम्कीचुहा प्रादेशिक अस्पताल स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्नुभएको भन्दै स्थानीयले मुख्यमन्त्री शाहप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

यसैबीच, मुख्यमन्त्रीले लम्कीचुवा नगरपालिका वडा नं १० चुहामा रहेको लम्केचुहा प्रादेशिक अस्पताल भवनको अनावरण पनि गर्नुभएको छ । रासस