१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो ।

परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति तथा वडा नं १२ मा १७ ज्येष्ठ नागरिक रहेका छन् । अपाङ्गता भएका आठमध्ये पाँचले निलो र एक/एक जनाले पहेँलो, सेतो र रातो कार्ड पाएका छन् । नगरपालिकाका प्रमुख घनश्याम गिरीले शारिरीकरूपले अशक्त तथा वृद्धवृद्धालाई सम्बन्धित वडामै पुगेर परिचयपत्र वितरण गरिएको जानकारी दिए ।

“आगामी दिनमा अरु वडामा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पनि परिचयपत्र वितरण गछौँ”, उनले भने । घुम्ती शिविर सञ्चालनसँगै सेवा लिनबाट कोही पनि बञ्चित हुनुनपर्ने नगरपालिकाले जनाएको छ ।