४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

दल त्यागपछि गुल्मीका दुई वडा अध्यक्षको पद खोसियो

दल त्यागपछि गुल्मीका दुई वडा अध्यक्षको पद खोसियो
अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले दल त्यागका कारण दुई जना वडा अध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम प्राप्त जानकारीका आधारमा यस्तो निर्णय गरेको हो।

आयोगका अनुसार नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूको सम्बन्धमा दलको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहितको विवरण प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरिएको थियो। सोही आधारमा आयोगले मिति २०८३/०२/१३ गतेको निर्णयअनुसार सम्बन्धित जनप्रतिनिधिहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको जनाएको छ।

यस निर्णयअनुसार गुल्मी जिल्लाका दुई स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको छ। मुसिकोट नगरपालिकाको वडा नं. २ का वडा अध्यक्ष रविन्द्र के.सी. र धुर्कोट गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष पद्मबहादुर बिष्टको पद रिक्त भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले सम्बन्धित स्थानीय तहहरूलाई कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ।