११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

दक्षिण एसियामा वनक्षेत्रमा नेपाल दोस्रो, भुटान पहिलो

दक्षिण एसियामा वनक्षेत्रमा नेपाल दोस्रो, भुटान पहिलो
अ अ+ अ-

काठमाडाैँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छभने दोस्रो स्थानमा नेपाल रहेको छ ।

बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक सर्वेक्षणआनुसार भुटानमा ६९ दशमलव ७१ प्रतिशत, नेपालमा ४६ दशमलव शून्य आठ, श्रीलङ्का ३४ दशमलव एक, चीन २२ दशमलव ९६, भारत २१ दशमलव ७१, बङ्गलादेशमा १२ दशमलव आठ, पाकिस्तान चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वनक्षेत्र छ ।

विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको छ । सन् २०२४ मा नेपालको वन क्षेत्र कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत थियो । यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ । सन् १९९० को दशकमा नेपालमा ३९ दशमलव छ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो ।

देशको कूल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किमी संरक्षित क्षेत्रका रूपमा छ । यो कूल भू–भागको २३ दशमलव चार प्रतिशत हो । साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ । यसैगरी गत फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन् भने यस्तो क्षेत्रले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

गत फागुनसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ । साथै ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।रासस