११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा बैठक अवरुद्ध



अ+ अ-

विराटनगर, १३ जेठः कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि मर्यादापालकले रोकेका थिए ।

परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि स्थगन गर्नुभएको बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ ।रासस