११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संसदमा बाँदर आतंक नियन्त्रणबारे डमी बाघको प्रस्ताव, राष्ट्रिय नीति ल्याउन सांसदको माग

संसदमा बाँदर आतंक नियन्त्रणबारे डमी बाघको प्रस्ताव, राष्ट्रिय नीति ल्याउन सांसदको माग
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि ‘डमी बाघ’ प्रविधि प्रभावकारी हुने भन्दै संसदमा रोचक अनुभव प्रस्तुत गर्नुभएको छ।

सांसद न्यौपानेले बाँदरका कारण किसानले अन्नबाली जोगाउन नसकेको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै यसलाई कृषि र खाद्य सुरक्षासँग जोडिएको संकटका रूपमा व्याख्या गर्नुभयो।

संसदमा उहाँले तनहुँको शुक्लागण्डकी–३ का किसान पहलसिंह गुरुङको अनुभव उद्धृत गर्दै करिब १,२०० रुपैयाँमा खरिद गरिएको डमी बाघले सुन्तला बगानमा दुई सिजनसम्म बाली जोगाउन सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो। पहिलो वर्ष बाँदर नआएको, दोस्रो वर्ष भने डमी बाघलाई नियमित स्थान परिवर्तन गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो।

“जहाँ बाघ हुन्छ, त्यहाँ बाँदर आउँदैन,” भन्ने स्थानीय अनुभवसमेत उल्लेख गर्दै सांसद न्यौपानेले बाघको आवाज, सेन्सर प्रणाली, चम्किलो प्रकाश तथा गन्धजस्ता प्रविधि जोडेर ‘चलायमान डमी बाघ’ प्रणाली विकास गर्न सकिने बताउनुभयो।

उहाँले बाँदर नियन्त्रणका लागि वैज्ञानिक र गैर–हिंसात्मक उपाय अपनाउनुपर्नेमा जोड दिँदै बाँदरलाई मार्ने होइन, व्यवस्थापन गर्ने नीति आवश्यक रहेको धारणा राख्नुभयो।

सांसद न्यौपानेले सरकारसँग तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन, बाँदर प्रभावित क्षेत्रलाई विशेष सुरक्षा क्षेत्र घोषणा गर्न र भारतलगायत मुलुकमा अपनाइएका बाँदर बन्ध्याकरण  कार्यक्रमलाई पनि अध्ययन गरी लागू गर्न माग गर्नुभयो।

उहाँले किसानहरू बाध्य भएर खेतबारीमा कुरुवा बस्नुपर्ने अवस्था अन्त्य गर्न राज्यले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो।