६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन माग गर्दै हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार



अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै साम्पाङले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम आफूलाई बैठकबाट बाहिर निकाल्न वा प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन सभामुखसमक्ष रुलिङको माग गरेका थिए ।

तर सभामुखबाट कुनै रुलिङ नभएपछि साम्पाङ झोला बोकेर आफैँ बैठक कक्षबाट बाहिरिएका थिए ।

यद्यपि, उनले बैठक बहिस्कार गरे पनि श्रम संस्कृति पार्टीका अन्य सांसदहरूले भने बैठक बहिस्कार नगरी संसदको कार्यवाहीमा सहभागी भएका थिए ।