काठमाडौं । दाङ जिल्लाको राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बल, नेपालको श्री नं. २९ गण हे.क्वा.मा पेरिमिटर सरसफाइ गर्ने क्रममा फेला परेको सकेट बमजस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
उक्त शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको ज्वालादल गणबाट खटिएको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सावधानी अपनाउँदै उक्त वस्तुलाई सफलतापूर्वक निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ।
घटनापछि क्षेत्रलाई सुरक्षित राखिएको र कुनै क्षति नभएको बताइएको छ।











