३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्ड फ्लु पुष्टि, नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्ड फ्लु पुष्टि, नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
अ+ अ-

काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं २, ३ र ४ मा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा बर्ड फ्लु पुष्टि भएको छ । संक्रमण देखिएपछि नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले तत्काल कडाइका साथ विभिन्न उपाय लागू गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौलीद्वारा जारी सूचनाअनुसार संक्रमित क्षेत्रहरूमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा, दाना लगायत रोग सर्न सक्ने सबै वस्तु नष्ट गरी सुरक्षित रूपमा डिस्पोज तथा निसंक्रमणको काम भइरहेको छ ।

बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने जुनोटिक रोग भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउन सबै नागरिक तथा सरोकारवालालाई आग्रह गरिएको छ ।

नगरपालिकाले पन्छी फार्म सञ्चालन तथा व्यवस्थापनमा कडाइ गर्दै निम्न सुरक्षा उपाय अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ । फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेश रोक्ने, आवश्यक परे निसंक्रमणपछि मात्र प्रवेश गराउने व्यवस्था मिलाइएको छ । एक फार्मका कामदारलाई अर्को फार्ममा जान निषेध गरिएको छ ।

त्यसैगरी प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न, फार्म प्रवेशद्वारमा निसंक्रामक पदार्थसहित फुटबाथ अनिवार्य प्रयोग गर्न र प्रत्येक पटक प्रवेश गर्दा निसंक्रमण प्रक्रिया अपनाउन भनिएको छ ।

खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न, खोर भित्र तथा बाहिर नियमित रूपमा निसंक्रमण गर्न र कुकुर, बिरालो तथा मुसा लगायतका जनावर प्रवेश रोक्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।

मरेका पन्छीलाई सुरक्षित रूपमा खाडलमा गाड्न, पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिन तथा मासु राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गरिएको छ ।

अकस्मात धेरै पन्छी बिरामी परे वा मरेमा तत्काल स्थानीय तह वा पशु सेवा कार्यालयमा जानकारी दिन समेत अनुरोध गरिएको छ ।

नगरपालिकाले “सतर्क बनौं, बर्ड फ्लुबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऔं” भन्ने सन्देशसहित सबैलाई सहयोग गर्न आह्वान गरेको छ ।