३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारका आ–आफ्नै दाबी



अ+ अ-

बाँके । कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि रिक्त रहेको सो वडामा आगामी मङ्सिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । तीन दलले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । मनोनयन दर्ता हुँदासम्म अन्य साना दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार छनोट गरिसकेका छन् । नेकपाबाट रामशरण थारू, काङ्ग्रेसबाट श्रीकृष्ण थारू र राप्रपाबाट पत्रकारसमेत रहनुभएका श्रीधर सुवेदी उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उम्मेदवारी टुङ्ग्याइसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारमा भने उत्रिएका छैनन् ।

उम्मेदवार छनोट गरिसकेका तीन दलले आन्तरिक प्रचारलाई भने तीव्र बनाएका छन् । उम्मेदवारले मतदातासँग व्यक्तिगत भेटघाट गरिरहेका जनाइउको छ । नेकपाका उम्मेदवार रामशरणले अहिले व्यक्तिगतरुपमा भेटघाट चलिरहेको बताउनुभयो । काङ्ग्रेस उम्मेदवार श्रीकृष्णले भन्नुभयो, “अहिले व्यक्तिगत गरिरहेको छु, मनोनयनपछि सामूहिकरूपमा भेटघाटका कार्यक्रम तय गरेका छौँ ।” नेकपा र काङ्ग्रेसका उम्मेदवारजस्तै राप्रपाका उम्मदवार पनि मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

नेकपाका उम्मेदवार रामशरणले गत निर्र्वाचनमा तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले ल्याएको मतअनुसार नेकपा अगाडि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत निर्वाचनको मत परिणाम हेर्ने हो भने हामी अहिले धेरै अगाडि छौँ, हाम्रो जीत सुनिश्चित छ ।”

यसअघि सहजै निर्वाचन जितेको क्षेत्रमा अहिले पनि आफू सुरक्षित रहेको काङ्ग्रेस उम्मेदवार श्रीकृष्णको दाबी छ । प्रमुख दुई दलले थारू समुदायबाट उम्मेदवार बनाएपछि थारू मत विभाजित हुने र आफूले निर्वाचन जित्ने राप्रपाका उम्मेदवार सुवेदीको दाबी छ ।

यस्तै उक्त वडामा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई हजार २६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नं ६ को उपनिर्वाचनमा एउटा मतदानस्थल हुनेछ भने दुई मतदान केन्द्र तोकिएका छन् ।

पहिलो मतदान केन्द्रमा एक हजार २६ र दोस्रो मतदान केन्द्रमा एक हजार मतदाताले मतदान गर्ने उहाँले बताउनुभयो । सो वडामा कूल जनसङ्ख्या तीन हजार १५२ छ । यस जिल्लामा एउटा पदका लागि मात्र हुने उपनिर्वाचनको तयारीका लागि कोहलपुर नगर विकास समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका–६ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी मुख्य निर्वाचन अधिकृत तोकिनुभएको छ ।