६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई सामूहिक भेट्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्त रूपमा २३ युरोपेली मुलुकका राजदूत तथा कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्ने भएका छन्।

मंगलबार हुने उक्त भेटमा विभिन्न युरोपेली देशका राजदूत तथा उपराजदूतहरूको सहभागिता रहनेछ। यसअघि पनि शाहले विदेशी राजदूतहरूलाई छुट्टाछुट्टै नभई सामूहिक रूपमा भेट्ने परम्पराको सुरुआत गरेका थिए, जसलाई कूटनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको थियो।

भेटवार्तामा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्री शाहको यो पहललाई नेपाल र युरोपेली मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।