२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते



अ+ अ-

अमेरिका। अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ, “आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई स्थानीय समयअनुसार बिहान १ बजे एट्लान्टिक बीचको ‘साउथ ओशन बुलेभाडर्’ नजिकैको स्टेज क्षेत्रमा पठाइएको थियो।

संस्थाका अनुसार घटनामा १९ जना व्यक्तिहरू चोटपटक लागेको मूल्याङ्कन गरिएको छ, जसमध्ये कसैको पनि जीवन खतरामा रहेको विश्वास गरिएको छैन । तीन जनालाई अस्पताल लगिएको थियो भने अन्यले आफैंले उपचार गराएको बताइएको छ।

यो घटना मेमोरियल डे सप्ताहन्तमा आयोजित एक ठूलो वार्षिक भेला ब्ल्याक बाइक सप्ताहको समयमा भएको हो । (रासस/सिन्हवा)