१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध
अ अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो ।

आमनागरिकको जिउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको पनि जनाएको छ ।

टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। मन्त्रालयले भनेको छ, “यस घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको छ ।”

सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिनेगरी सुरक्षा रणनीति अख्तियार गर्नसमेत निर्देशन दिइसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँगसमेत पटकपटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको मन्त्रालयले विज्ञप्तिमा भनेको छ । रासस