११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘बहाल–बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

‘बहाल–बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परतामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरुको पुनरूत्थान गरिने बताउनुभएको छ ।

नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आज आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँभित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजगार गरेको बताउनुभयो । काठमाडौँभित्र भएका १६ वटा बहिलमध्ये अहिले कतिवटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ ।

डङ्गोलले बहाल–बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्दै पुनरुस्थानसहित हस्तान्तरण, पुस्तान्तरणका लागि पनि योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । “हामीले पुनरुस्थान गर्दै–गर्दा त्यहाँको सौन्दर्य, ऐतिहासिक र धार्मिक पक्षलाई पनि ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्योसँगै मूर्त–अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनमा पनि हाम्रो ध्यान जान जरुरी छ । बहाल–बहिलको विकास, संरक्षण र पुस्तान्तरणका लागि हामी हातेमालो गरे अघि बढौँ भनेर आग्रह गर्न चाहन्छु ।”

ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले बहाल–बहिलको संस्कृतिको अध्ययन र अनुसन्धान आजको आवश्यकता भएको भन्दै गोष्ठीमा सहभागी विज्ञहरुको उपस्थितिमा ऐतिहासिक सम्पदा, बौद्ध दर्शन र परम्परागत सामाजिक संरचनालाई उजागर गर्ने विषयमा गहन छलफल गरेको जानकारी दिनुभयो ।

लोप हुन लागेका बही संस्कृति, त्यहाँका पुराना परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्ने, मध्यकाल र त्योभन्दा अगाडिदेखि विकास भएका बौद्ध विहारहरूको ऐतिहासिक पक्ष केलाउँदै नयाँ तथ्यहरू सार्वजनिक गर्ने, र युवा पुस्तालाई आफ्नो रैथाने संस्कृति र गौरवपूर्ण इतिहासप्रति जागरूक बनाउने जस्ता विषयमा केन्द्रित भएर सो क्षेत्रका विज्ञहरुल बताएका छन् ।

बौद्ध कलाअन्तर्गत बहिलभित्र संरक्षित मूर्तिहरू, पौभा चित्रकला, र विशेषगरी गुँला महिनामा गरिने ‘बही द्योः ब्वयेगु’ परम्परालाई कसरी अन्तरराष्ट्रियस्तरमा चिनाउने भन्ने विषयमा विज्ञहरूले सुझाव दिएका थिए ।