७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु



अ+ अ-

गाजा सिटी। इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ।

गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ ।

अस्पताल श्रोतले भनेको छ, “अल–तुआम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको, यसबाट पाँच प्रहरीले शहादत प्राप्त गरेका र कैयौँ प्रहरी घाइते भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो।”

इजरायली सैन्य स्रोतले एएफपीलाई बताएअनुसार सेनाले उक्त क्षेत्रमा रहेका हमासका आतङ्ककारीहरूलाई निशाना बनाएको थियो। गाजामा हमास र इजरायलबीच अक्टोबरदेखि युद्धविराम लागू भएको छ तर सम्झौतामा इजरायलले खतराको रूपमा सोचेको लक्ष्यमा आक्रमण गर्ने अधिकार सुरक्षित राखेको छ। (रासस/एएफपी)




भर्खरै