२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ



FILE – A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)
अ+ अ-

लस एन्जलस। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू ( ग्रीन कार्ड धारकहरू ) लगायतका अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा कडाइ हुने जनाएको छ ।

विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ ।

नयाँ नियम अन्तरगत, विगत २१ दिन भित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ ।

एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धहरूको दायरा विस्तार गरेको हो ।

सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धहरू लगाएको थियो ।

नयाँ नियमले स्थायी रूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकाहरुलाईसमेत अमेरिका फर्कन पूर्ण रुपमा निषेध गरेको जनाइएको छ ।

सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोतहरू व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायी रूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ ।

सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हाल सम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै घटनाहरू रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ । (रासस/ सिन्ह्वा)