२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवाग्राहीको घरमै राहदानी



फाईल फोटो
अ+ अ-

काठमाडौं । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पु¥याउन थालिएको छ ।

सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ ।

घर ठेगानामै राहदानी पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो । हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पु¥याउन थालिएको जानकारी दिनुभयो ।

“पहिलो दिन हामीले प्रशासनबाट प्राप्त गरेका १४ वटामध्ये १३ राहदानी सेवाग्राहीको घरमै पु¥यायौँ,” प्रमुख पाण्डेयले भन्नुभयो, “हामी प्रशासनबाट प्राप्त गरेको दोस्रो दिन नै यहाँका सबै पालिकामा घरमै पुगेर वितरण गर्न सक्छौँ ।” बिहीबार मात्रै पुर्नवास नगरपालिकामा सात, बेलौरीमा एक, दोधारा चादँनीमा तीन, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा एक÷एक राहदानी हुलाक कर्मचारीले सेवाग्राहीको घरमै पु¥याएका छन् ।

जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता मिलेको छ । “प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने हुन्छ”, प्रमुख पाण्डेयले भन्नुभयो, “सबै पालिकामा हुलाका सेवा हँुदा राहदानी पु¥याउन छरितो पनि भयो ।” –––