६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखमुल फिडर क्षेत्रमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा आज करिब चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शंखमुल फिडर अन्तर्गत पर्ने दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल आसपास, रोजबड स्कुल क्षेत्र, भृगु मार्ग तथा रुद्रमति मार्ग क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ ।

प्राधिकरणले जारी गरेको सूचनामा ती क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गर्न लागिएको उल्लेख गरिएको छ ।