१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रदेश प्रमुख परशुराम खापुङ।
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

नीति तथा कार्यक्रममा नेपालको सामाजिक रूपान्तरण, लोकतन्त्र तथा नागरिक अधिकार प्राप्तिका लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले  घाइते एवं बेपत्ता योद्धाले पु¥याउनुभएको योगदानको स्मरण गर्दै अग्रजप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले नीति तथा कार्यक्रमले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने दीर्घकालीन सोचका साथ कोशी प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयनमा रहेको उल्लेख गर्दै नीतिगत, कानुनी तथा संस्थागत सुधार गरी प्रदेशले तय गरेका लक्ष्य हासिल गर्न तथा प्रदेशलाई सबल, सक्षम र नागरिकमैत्री बनाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।

प्रदेश सरकारले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्न, नागरिकमा आशा र भरोसा पैदा गर्न, आर्थिक–सामाजिक रूपान्तरण गर्न र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न तथा संविधानको मर्म एवं भावनाअनुरूप सङ्घीय प्रणालीलाई संस्थागत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश प्रमुख खापुङले बताउनुभयो । उहाँले कोशी प्रदेशले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त प्रदेशका रूपमा आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले जातीय, भाषिक, धार्मिक तथा लैङ्गिकलगायत विभेदको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न कोशी प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयलाई सुदृढ गरी दिगो, सन्तुलित र समावेशी विकासमार्फत सङ्घीयताको सवलीकरण गर्दै समृद्धि हासिल गर्नु प्रदेश सरकारको मूल ध्येय रहेको प्रदेश प्रमुख खापुङले बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनको जगमा संविधानसभामार्फत निर्माण भएको संविधानप्रति प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको नीति तथा कार्यक्रममा उल्लेख गर्दै प्रदेश प्रमुख खापुङले संविधानको मर्म, लोकतान्त्रिक मूल्यमान्यता र नागरिक अधिकारलाई अक्षुण्ण राख्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ भन्नुभयो ।

आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम नेपालको संविधानले निर्दिष्ट गरेका सङ्घ, प्रदेश तथा स्थानीय तहका एकल एवं साझा अधिकारको प्रभावकारी कार्यान्वयनतर्फ केन्द्रित रहेको छ । दीर्घकालीन महत्वका नीतिगत निर्णय, सोह्रौँ आवधिक योजना, प्रदेशको चालु आवधिक योजना, दिगो विकास लक्ष्य, मध्यम आय भएका मुलुकमा स्तरोन्नतिपश्चात् दिगोपन सुनिश्चित गर्ने रणनीति, राजनीतिक दलले जनतासमक्ष व्यक्त गरेका प्रतिबद्धता तथा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमलाई आधार मानी नीति तथा कार्यक्रम तर्जुमा गरिएको कुरा नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।

संविधानको मर्म र भावनाअनुरूप सङ्घ, प्रदेश तथा स्थानीय तहका एकल र साझा अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै प्रदेश संरचनाको संस्थागत सुदृढीकरण, सुशासन एवं गुणस्तरीय सेवा प्रवाहमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल बनाउने, आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन तथा विकासका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसङ्ख्याको वितरण, लैङ्गिक समानता, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालनमार्फत बढ्दो बसाइँसराइलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने र शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलगायत क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइ समावेशी, दिगो र गुणस्तरीय संरचना निर्माणमा जोड दिने नीति तथा कार्यक्रमको प्राथमिकता छ ।

यस्तै, लगानीका सम्भावित क्षेत्रको पहिचान गरी सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीमार्फत परियोजना विकास र कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गर्ने, पर्यटन पूर्वाधारको संरक्षण, निर्माण तथा स्तरोन्नति गर्दै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमार्फत पर्यटन गतिविधि विस्तार गरी स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने तथा प्रदेशभित्र उत्पादित कृषि तथा औद्योगिक वस्तुको बजार विस्तार, निर्यात प्रवद्र्धन तथा पर्यटन विकासका लागि आवश्यक समन्वय गरी आर्थिक समृद्धि हासिल गर्ने नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममार्फत सुशासन प्रवद्र्धन, प्रशासकीय क्षमता विकास तथा शासकीय सुधारलाई प्राथमिकतामा राखी सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गरिने र भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारविरूद्धको दोस्रो रणनीतिक योजना कार्यान्वयनका लागि सङ्घ र स्थानीय तहसँग समन्वय र सहकार्य गरिनेछ, सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई मजबुत बनाउन प्रदेश समन्वय परिषद् तथा प्रशासनिक समन्वय परिषद्लाई क्रियाशील बनाइने, कार्यक्रम तथा बजेट, योजना र आयोजना कार्यान्वयन तथा अनुगमन गरी नतिजा खाकामा आबद्ध गर्न मुख्यमन्त्री ‘ड्यासबोर्ड’लाई प्रभावकारी बनाइनेछ ।

मौलिक हक एवं मानव अधिकार संरक्षण र संवद्र्धन गरी दलित तथा सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गरिने, प्रदेश सरकारको कार्यसम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउन प्रदेश मन्त्रालय तथा निकायको पुनःसंरचना एवं एकीकरण गरिने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कार्यचाप एवं कार्यबोझका आधारमा सङ्गठन संरचना र दरबन्दी पुनरावलोकन गरिने कुरा नीति तथा कार्यक्रम लेखिएको छ ।

अन्तर प्रदेश समन्वय र सहकार्य अभिवृद्धि गर्न मुख्यमन्त्री सम्मेलन आयोजना गरिने, प्रदेश–प्रदेशबीचका कृषि तथा औद्योगिक उत्पादन र पर्यटनलगायत साझा सरोकारका विषयमा सहकार्य गरिने, प्रदेशको प्राथमिकताका आधारमा कानुन निर्माण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिने, प्रचलित प्रदेश कानुनलाई समयानुकूल संशोधन गरिने, प्रदेश सरकार तथा स्थानीय तहले तर्जुमा गरेका ऐन, नियमावली, निर्देशिका र कार्यविधिको अध्यावधिक विवरण विद्युतीय सूचना प्रणालीमा अभिलेखीकरण गरिने भनिएको छ ।

चिया तथा कफीको अन्तरराष्ट्रिय मापदण्डबमोजिम गुणस्तर कायम गरी निकासी प्रवद्र्धन गरिने र चिया परीक्षण प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याइने तथा अन्तरराष्ट्रियस्तरको चिया सम्मेलनको आयोजना गरिने नीति तथा कार्यक्रममा बताइएको छ । प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई क्रमशः विद्युतीय सूचना प्रणालीमा आबद्ध गरी सेवा प्रवाहलाई प्रभावकारी एवं विश्वसनीय बनाइने, प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवासम्बन्धी कानुनमा सुधार गरिने र प्रदेश तथा स्थानीय सेवाका कर्मचारीको सरूवा, बढुवा र जिम्मेवारी प्रदान गर्ने कार्यलाई वस्तुनिष्ठ एवं अनुमानयोग्य बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

एक सय अठ्ठाइस बुँदासहित सार्वजनिक भएको नीति तथा कार्यक्रममा  ‘ट्यालेन्ट हन्ट’, युवा लक्षित ‘म अघि बढ्छु’, कोशी आवास कार्यक्रम, एक घर एक धारा, सामुदायिक विद्यालय रुफटप सोलार कार्यक्रम, कोशी प्रदेश भ्रमण वर्ष, ‘, साधना ग्राम, पढ्दै कमाउँदै कार्यक्रम, ‘किशोरी सशक्तीकरण तथा आत्मरक्षा’ एवं सक्षम छोरी, नेपाली मन, आत्मीय पन’जस्ता नाराका साथ कार्यक्रम नीति तथा कार्यक्रम उल्लेख भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै नीति तथा कार्यक्रम सदनमा टेबुल गर्नुभयो सभाको अर्को बैठक यही जेठ १० गते दिउँसो १ः०० बजे बस्नेछ ।रासस