७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापेक्ष हिन्दू मुलुकको माग सहित राप्रपा (संयुक्त) ले धार्मिक जागरण यात्रा गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ । पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाललाई धर्मनिरपेक्ष बनाइएकामा आफूहरुको आपत्ति रहेको उल्लेख गर्दै हिन्दू राष्ट्र नबनाएसम्म आन्दोलन जारी रहने बताए । अध्यक्ष राणाले १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेकपोष्ट बसेको र सोबारेमा यसअघिका कुनै पनि सरकारले कुरा उठाउने आँट नगरेको बताए ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले शुरु गर्न लागेको धार्मिकयात्रा नेपालको पहिचान कायम गर्नका लागि हुने बताए । उनले लिपुलेक र कालापानी क्षेत्रका विषयमा सरकारले भारतसँग मित्रतापूर्वक कूटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिए ।