३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

सूर्य नेपाल च्यालेन्ज, दोस्रो दिन शुक्र र भुवन शीर्षस्थानमा

सूर्य नेपाल च्यालेन्ज, दोस्रो दिन शुक्र र भुवन शीर्षस्थानमा
अ+ अ-

काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन दिनेश प्रजापति ६-अन्डर ६२ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।

दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन्। भुवन र स्वप्निलले ४-अन्डर ६४ को स्कोर बनाएका छन्। उनीहरूले संयुक्तरुपमा दोस्रो स्थान बाँडे।

३-अन्डर ६५ स्कोर बनाएका सञ्जय लामा र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। यस्तै भुवन नगरकोटी र शुक्र बहादुर राई २-अन्डर ६६ सहित संयुक्तरुपमा छैटौं स्थानमा छन्। यस्तै दीपक मगर, टंक बहादुर कार्की र एमेच्योर बलराम पौडेलले १-अन्डर ६७ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे।

एमेच्योरतर्फ स्वप्निल ४-अन्डर ६४ सहित बलराम पौडेललाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा छन्। १-अन्डर ६७ को स्कोरमा बलराम दोस्रो स्थानमा र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा इभन-पार ६८ सहित तेस्रो स्थानमा रहे।

रोयल नेपाल गल्फ क्लबमा दिनेशले उत्कृष्ट सुरुवात गर्ने क्रममा आज ८ वटा बर्डी प्रहार गरे। पहिलो, दोस्रो र नवौं होलमा एक-एक सट बचाउँदा पाँचौं होलमा बोगी खेपे। फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १०औं, १३औं , १४औं, १६औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। १२औं होलमा एक सट खेर फाल्दा ब्याक नाइनमा ४-अन्डर ३० को सानदार प्रदर्शन गरे।

भुवनले तेस्रो होलको बोगीका विरूद्ध पहिलो, चौथो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा पुरा गरे। यसपछि बाँकी नौ होलमा पार बचाउँदै ब्याक नाइन इभन-पार ३४ खेले।

एमेच्योर स्वप्निलले फ्रन्ट नाइन बोगी रहित खेले। दोस्रो होलमा इगलको सफलता प्राप्त गर्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। १२औं होलमा बोगी खेपेका उनले १३औं र १७औं होलमा एक-एक सट बचाए। ब्याक नाइन १-अन्डर ३३ मा सकाए।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपाल द्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्। दोस्रो राउन्डको समाप्तिमा कट लागु हुनेछ, जहाँ उत्कृष्ट १८ प्रोफेसनल खेलाडी तथा सोही कटमा रहने एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागी स्थान बनाउनेछन।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ। विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार प्राप्त गर्नेछन्।चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्।