५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आह्वान



अ+ अ-

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।

बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवा तथा मारवाडी समुदायका व्यवसायीहरूलाई सम्बोधन गर्दै मातृभूमि फर्कन आग्रह गर्नुभयो ।

अध्यक्ष ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत गराउनु भयो । उहाँले महिलामाथि हुने हिंसा र अपमान अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नहरूले ढिलोचाँदो सजाय भोग्नुपर्ने धारणा राख्नुभयो । महिलाको अपमानलाई उहाँले पौराणिक पात्र सीता र द्रोपदीको प्रसंगसँग जोड्दै यसलाई ठूलो पापको रूपमा चित्रण गर्नुभयो ।

राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक नेतृत्व र शक्ति केन्द्रहरूप्रति व्यङ्ग्य गर्दै मुलुकको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

उहाँले मधेस केन्द्रित दलहरूको एकता र सहकार्यको आवश्यकता औँल्याउँदै ‘युनाइटेड मधेस’ पनि यस प्रक्रियामा साथै रहेको जानकारी दिनुभयो । बैठकमा उहाँले उठाएका कतिपय विषयहरूमा अन्य सदस्यहरूले स्पष्टीकरण माग गरेपछि उहाँले आफ्ना भनाइहरू राजनीतिक सद्भाव र राष्ट्रिय एकताका लागि भएको प्रस्ट पार्नुभएको थियो ।




भर्खरै