११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको भूमिका अझ सशक्त र महत्वपूर्ण : राष्ट्रपति पौडेल

संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको भूमिका अझ सशक्त र महत्वपूर्ण : राष्ट्रपति पौडेल
अ अ+ अ-

सुनसरी ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ ।

सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।’

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरुप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसै सन्दर्भमा यो ग्रामिण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तिनै तहको सरकारबिच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।’

उहाँले सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवम् धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकोले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘सप्तकोशी बाँधको समिपमा सुनसरी जिल्लाको महत्वपूर्ण धार्मिक स्थलहरू बराहक्षेत्रधाम, रामधुनि, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन् । तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभुति पनि भएको छ । ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसलाई त्यही रुपमा विकास गर्न म सम्बद्ध सबै पक्षसँंग आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुनस्र्थापित भएको र विकासका गतिविधिहरू तिव्र रुपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको भन्दै तिनै तहको सरकारको हातेमालोबाट यस बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पु¥याउने अपेक्षा आफूले राखेको बताउनुभयो ।