११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सरकारलाई एमालले भन्योः सुकुम्बासीका प्रतिपरिवारलाई १५ हजार राहतले पुग्दैन, तत्काल बढाउने निर्णय गरियोस्

सरकारलाई एमालले भन्योः सुकुम्बासीका प्रतिपरिवारलाई १५ हजार राहतले पुग्दैन, तत्काल बढाउने निर्णय गरियोस्
अ अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५÷१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद गुरुप्रसाद बरालले उनीहरुले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले अस्थायी बसोवासका लागि उनीहरुका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाउनु भयो । सरकारको यो निर्णय पनि सुकुम्बासीमाथिको ठूलो हमलाको रुपमा आएको उपाध्यक्ष बरालको जिकिर थियो ।

उहाँले भन्नुभयो,‘हिजोमात्रै नेपाल सरकार एउटा गम्भिर र त्रुटीपूर्ण निर्णय गरेको छ । सरकार विना तयारी भरपर्दो बसोवासको व्यवस्था नगरी सुकुम्बासीहरुलाई आफनो बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालिको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन तीन महिना तिमीहरुले १५÷१५ हजार रुपैयाँ पाउनेछौँ । अर्थात ५ जनाको परिवार हरेक सदस्यलाई ३ हजार अर्को अर्थमा भन्नेहो भने महिनाको एक सय रुपैयाँले दिनको एक सय रुपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ सभामुख महोदय । यो सुकुम्बासीमाथि गरिएको अत्यन्तै ठूलो अमानवीय हमला हो । अर्कोतर्फ सरकार भन्दैछ–एक मुष्ट २५ हजार दिन्छु अस्थायी बसोबासका लागि । सभामुख महोदय, अस्थायी बसोबास त उनीहरु जहाँ बसेका थिए, त्यही थियो । स्थायी बसोबासका लागि अव सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ । होल्डिङ सेन्टरहरुमा उनीहरु अत्यन्तै अमानवीय ढंगले बाँचिरहेका छन । सुत्केरी महिला कुपोषणको शिकार भएका छन । युवाहरुलाई मानसिक स्वास्थ्यको समस्या भएको छ । बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन । उच्च शिक्षा हासिल गर्ने युवाहरु पनि अत्यन्तै अप्ठयारोमा छन । महिला, पुरुष अलगअलग ठाउँमा राखिएको छ । परिवार एकै ठाउँमा बस्नुपर्ने प्रवन्ध समेत गरेको छैन सभामुख महोदय ।’

सांसद बरालले होल्डिङमा पनि सुकुम्बासीहरुलाई अमानवीय ढंगले राखेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।