५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयको कामकाज निरन्तरता दिन निर्देशन, उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो



अ+ अ-

काठमाडाैँ । विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालीन व्यवस्थाका लागि उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र भावी योजनाबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

विश्वविद्यालयहरूका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा नयाँ व्यवस्था लागू नहुन्जेलसम्म विश्वविद्यालयका दैनिक प्रशासनिक तथा शैक्षिक गतिविधि प्रभावित हुन नदिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूले आ–आफ्ना योजना प्रस्तुत गरेका थिए ।

सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा तथा प्रशासनिक कामलाई नियमित रूपमा अघि बढाउन निर्देशन दिनुभएको छ। साथै दीर्घकालीन असर पार्ने निर्णयहरू नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

हाल विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको छ। आठ वटा विश्वविद्यालयमा उपकुलपति सिफारिसका लागि समिति गठन भई आवेदन प्रक्रिया सम्पन्न भइसकेको र छनोट प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने तयारी रहेको छ।

सरकारले रिक्त रहेका आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोहीअनुसार छनोट प्रक्रिया सुरु गरिसकेको छ। “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” मार्फत विज्ञ समितिको सहभागितासहित पारदर्शी, योग्यतामूलक र निष्पक्ष छनोट प्रणाली अपनाइएको मन्त्रालयले जनाएको छ ।