२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा



अ+ अ-

कास्की। पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कास्कीले स्याङ्जालाई र नवलपुरले तनहुँलाई पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।

कास्कीले सात विकेटले स्याङ्जालाई पराजित गरेको थियो । मौसमका कारण पाँच ओभरमा खेलाइएको खेलमा कास्कीले पाँच विकेट गुमाएर ४३ रन जोडेको थियो ।

कास्कीका शिवरिन श्रेष्ठले सर्वाधिक २२ रन बनाए । जवाफी ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ओभरमा ३६ रन मात्र बनायो । यसैगरी नवलपुरले तनहुँमाथि १०२ रनको फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

नवलपुरले टस जितेर व्याटिङ रोज्दै २० ओभरमा सात विकेट गुमाउँदै १८८ रन जोडेको थियो । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल नवलपुरका रिजन काफ्लेले ४७ बलमा ७३ रन जोड्दै जितको आधार बनाएका थिए ।  जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँले १४ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै जम्मा ८६ रन मात्र बनायो ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ १ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको ‘समूह ए’ मा कास्की, स्याङ्जा, बाग्लुङ र लमजुङ तथा ‘समूह बि’ मा नवलपुर, पर्वत, तनहुँ र म्याग्दी गरी आठ जिल्लाले सहभागिता जनाएका प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । रासस