११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन



अ+ अ-

बागमती। आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१÷८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ ।

चालु आवको वैशाखसम्ममा अन्तशुल्कतर्फ रु तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ रु एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ रु छ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ रु एक करोड ५९ लाख ८८ हजार राजस्व सङ्कलन भएको छ ।

प्रमुख सुवेदीका अनुसार चालु आवमा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ ।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताउनुभयो । रासस