११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

विषादीको विकल्पमा ‘जैविक झोल’

विषादीको विकल्पमा ‘जैविक झोल’
अ अ+ अ-

म्याग्दी।  म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’  प्रयोग गर्न थालिएको छ ।

स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार पारिएको जैविक झोललाई परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नामकरण गरेको छ । परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैँचामा गत वर्ष परीक्षण गरिएको जैविक झोल यसपालिदेखि मुस्ताङका किसानको स्याउ बगँैचामा प्रयोग गर्न थालिएको जानकारी दिनुभयो ।

“गत वर्ष कार्यालयको बगँैचामा प्रयोग गरिएको जैविक झोलले स्याउमा ढुसी र ‘ब्याक्टेरिया’जन्य रोग नियन्त्रणमा सफल भएपछि यसपालि किसानका बगँैचामै प्रयोग भएको छ”, उहाँले भन्नुभयो, “स्वस्थकर, वातावरणमैत्री, विषादी किन्दा हुने खर्चको बचत, स्थानीयस्तरमै तयार पार्न सकिने भएकाले जैविक झोल प्रयोगमा किसानहरुलाई प्रोत्साहन गरेका छौँ ।”

उहाँका अनुसार ५० प्रतिशत तितेपातीमा बाँकी कोते, झिम्सी र राईघाँसलाई मिसाइ ओखलमा कुटेपछि निचोरेर बनाएको झोललाई तीन दिनसम्म ३० डिग्री सेल्सियस तापक्रममा राखेपछि अमिलिन्छ । एक केजी घाँसबाट तीन लिटरसम्म झोल निकाल्न सकिन्छ । एक बोतल झोललाई ४० लिटर सफा पानीमा मिसाएर बिरुवामा छर्कन सकिन्छ ।

यसरी उत्पादन भएको जैविक झोलमा बोटबिरुवाका लागि आवश्यक पर्ने मित्र जीव सक्रिय हुने र दुस्मन जीव भाग्ने अथवा नष्ट हुने क्षमता रहेको परियोजनाका प्रमुख गौतमले बताउनुभयो । गौतमले दुई वर्षअघि जापानमा अध्ययनको सिलसिलामा सिकेको जैविक झोल बनाउने सीप र प्रविधिलाई पोखराको कास्कीकोटस्थित कुखुरा फार्ममा पनि प्रयोगमा ल्याउनुभएको थियो ।

मुस्ताङमा परीक्षण सफल भएको जैविक झोललाई परियोजना लागू भएको म्याग्दी, पर्वत र बागलुङका सुन्तला बगैँचामा पनि प्रयोगका लागि किसानहरुलाई तालिममार्फत सीप सिकाउने परियोजनाका प्राविधिक गणेश जिसीले बताउनुभयो ।

“जैविक झोलको प्रयोग गरी मुस्ताङको स्याउका साथै म्याग्दी, पर्वत र बागलुङको सुन्तलाको गुणस्तर सुधार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “महँगो रकम खर्चेर किनेको रासायनिक विषादीलाई छर्कदा स्वास्थ्यलाई पर्ने जोखिम हटाउन मात्र नभएर किसानको खर्चको पनि बचत र वातावरणमैत्री हुन्छ ।”

मुस्ताङमा रासायनिक विषादी आयात प्रतिस्थापन गरेर स्याउलाई पूर्ण जैविक बनाउने परियोजनाको लक्ष्य छ । गत वर्ष ७५ जनालाई र यसपालि ८५ जना स्याउखेती गरेका किसानहरुलाई जैविक झोल बनाउने तालिम दिइएको छ । कृषि विकास कार्यालयमार्फत पनि थप किसानहरुलाई सीप सिकाइएको छ ।

परियोजनामार्फत मुस्ताङमा स्याउ, च्याङ्ग्रा र आलु, म्याग्दीमा सुन्तला, आलु, बङ्गुर, पर्वत र बागलुङमा सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन भएको छ । परियोजनामार्फत खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने गरिएको छ । रासस