२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछुत नगरपालिका घोषणा गरिने



अ+ अ-

सुर्खेत । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो ।

आगामी जेठ २१ गते जातयि छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्न भेरी नगरपालिकाले झण्डै तीन दर्जन भन्दा बढी सामाजिक अभियान्ता तयार गरी सो सम्बन्धी कामलाई अघि बढाएको छ । उक्त रणनीतिक योजनामा जातीय छुवाछुत तथा भेद्भाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणाका सूचक निर्माण गरिएको छ ।

सो अभियानलाई अघि बढाउन सामाजिक अभियान्ताले काम गर्नेछन् । जातीय छुवाछुत तथा भेदभा्व सम्बन्धी भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा गाउँ–गाउँमा गएर छलफलसमेत गर्ने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

विज्ञान र प्रविधिले २१औँ शताब्दीको युगमा मान्छेले मान्छेलाई नै गरिने छुवाछुत तथा जातीय भेद्भाव गैरकानूनी भएको प्रमुख घर्तीले बताउनुभयो । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो ।

विसं २०७६ मा जाजरकोट जिल्लालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त जिल्ला घोषणा गर्न २०७० सालमा निर्माण गरिएको रणनीतिक योजनालाई भेरी नगरपालिकाले स्रोतका रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ ।