१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान काट्न भ्याइनभ्याइ भइरहेकै बेला किसानलाई आईलाग्यो यस्तो आपत !



अ+ अ-

पर्वत । यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ । अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ । रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन् ।

जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा र फलेवास नगरपालिका, जलजला गाउँपालिकालगायतका ठाउँमा कृषि मजदूर नपाउँदा किसान समस्यामा परेकाछन् ।

धान पाकेर भूँइमा झर्न थालिसकेपनि खेताला नपाएर धान काट्न नसकिएको कुश्मा नगरपालिका–११ पिपलटारीका रमेश पौडेलले बताउनुभयो । जनशक्तिको अभाव र भएको जनशतिm पनि धान काट्ने चटारोमै भएका कारण समस्या आएको उहाँको भनाइ थियो । उहाँ जस्तै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका माया सापकोटा धान काट्ने खेताला खोज्न गाउँभर तथा छिमेकी गाउँमा पुगेपनि नपाएको गुनासो गर्नुभयो । युवा सबै विदेशीएपछि गाउँघर सुनसान बन्न थालेको उहाको भनाइ थियो ।

“सबैलाई धान काट्ने चटारो छ, गाउँमा भएका युवायुवती सबै विदेश गए, गाउँमा खेतालाको अभावै भयो”, उहाँले भन्नुभयो । पहिले अर्मपर्म गरेर नै धान काट्न सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । उहाँ जस्तै कुनपा– १२ ठूलीपोखरीका अशोक केसीको पीडा पनि उस्तै छ । गाउँमा युवायुवती भन्दा बुढाबुढी धेरै हुँदा समस्या भएको हो । “धान उत्पादन पहिलेको तुलनामा घटेको पनि छ अर्मपर्म गरांै भने आफ्नैमा धान काट्ने चटारो छ”, केसीले भन्नुभयो, “खेताला अभावमा समस्या परेको छ ।”

अहिले गाउँमा एकजना खेतालाको पारिश्रमिक रु पाँच सयदेखि रु ६०० सम्म छ । पहिले छिमेकी गाविस तथा अर्मपर्म गरेर धान काट्दै आउने गरेता पनि अहिले युवायुवती विदेशीएसँंगै झनै समस्या भएको किसानको भनाइ थियो ।

बजारमा व्यापार, व्यवसाय गर्ने पनि खेतालाको अभावले पसलै बन्द गरेर धान काट्न जानु परेको बताउँछन् । सदरमुकाम कुश्मा बजारमा व्यवसाय गर्दै आएका शिव शर्मा भन्नुहुन्छ, “पसलमा बस्दा त कमाई त हुन्छ नि, तर के गर्नु धान काट्न भ्याइनभ्याइ छ ।” खेताला नपाएर व्यापारलार्ई त्यति समय दिन नपाएको उहाँको गुनासो छ । स्वदेशमा रहेका युवाजनशक्ति शहरमा जागिर खान्छन, जसका कारण खेतीपातीमा समय दिन पाउँदैनन् । घरमा रहेका बुढापाकाले ज्यानमा तागत नहुँदा खेतको काम गर्न नसक्ने उहाँको भनाइ छ ।

सरकारले देशमा स्वरोजगार कार्यक्रम ल्याए युवा विदेश जाने क्रम घट्ने र खेतालाको अभाव नहुने फलेवास नगरपालिकाका दिनेश लामिछानेले बताउनुभयो । किसानले आफूले उब्जनी गरेको बालीको मूल्य आफै निर्धारण गर्न नपाउँदा ठगिइरहेको अवस्थामा खेताला नपाउँदा झनै चिन्तित बनेको उहाँको भनाइ छ ।