११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न

बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न
अ अ+ अ-

भक्तपुर। भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीले उद्योगको विकास र रोजगारीको अवसर सृजना गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीसँग सहकार्य गर्नेगरी अगाडि बढ्ने योजना बनाइरहेको बताउनुभयो ।

उहाँले युवा उद्यमीको विकासका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै युवापुस्तालाई वैदेशिक रोजगारीमा जानबाट रोक्नका लागि स्वदेशमै रोजगारी अवसर बनाउने र स्वरोजगारको वातावरण बनाउन उद्यमी लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायत वक्ताले नयाँ उद्यमीको विकासका लागि तीन तहका सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा बागमती प्रदेशभित्रका ५०० भन्दाबढी युवा उद्यमी तथा व्यवसायीको सहभागिता रहेको बताउँदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवर्द्धनको अभियान सम्मेलनले सुरु गरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताउनुभयो ।

एक व्यवसायीले सुरु गरेको व्यवसायलाई अरुले पनि नक्कल गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गरी बजार आवश्यकताको पहिचान गरेर फरकफरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, युवा उद्यमशीलतालाई प्रवर्द्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय एवं नवप्रवर्तन मैत्री वातावरण निर्माण गर्नेलगायत विषयमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, स्टार्टअप प्रदर्शनीलगायत आयोजना गरी उद्योगको विकासका बारेमा छलफल भएको थियो ।

विज्ञका रूपमा सुवास शर्मा, विनायक शाह, डा प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल र सुगारिका केसीले समूहगत छलफल गरी उद्योगको नयाँ ढाँचाका बारेमा चर्चा गर्नुभएको थियो ।

सफल उद्यमीले आफ्नो उद्यम यात्रा, सङ्घर्ष, सिकाइ र सफलताका अनुभव प्रस्तुत गर्नुभएको थियो भने सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापालगायतले आफ्नो व्यावसायिक अवधारणा तथा स्टार्टअप योजना विज्ञको समूह समक्ष प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुको ३० वटा प्रदर्शनी कक्ष राखिएका उपसमितिका संयोजक अवालले जानकारी दिनुभयो ।

यसैगरी, सङ्घले यहीँ जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला-२०८३ आयोजना गर्ने भएको छ ।

‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिइएको हो । रासस