५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सीमा अतिक्रमण: सरकार गृहकार्यमा व्यस्त, १४ वर्षअघि नै राष्ट्रसंघमा कुरा उठाईएको खुलासा

सीमा अतिक्रमण: सरकार गृहकार्यमा व्यस्त, १४ वर्षअघि नै राष्ट्रसंघमा कुरा उठाईएको खुलासा
अ+ अ-

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ। नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७ औं कार्टोग्राफिक सम्मेलन, एसिया–प्यासिफिकमा राखेको जानकारी दिएका हुन्।सम्मेलन सन् २००६ सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा भएको थियो।

नेपाल सरकारको प्रतिनिधित्व गरी आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादलाई प्रवेश गराएको उनले बताए। ‘मैले सन् २००६ मै सीमा विवादलाई राष्ट्रसंघमा प्रवेश गराएको हुँ’, उनी भन्छन्, ‘राष्ट्रसंघमा यसको रेकर्ड छ।’ ‘कार्टोग्राफिक सेक्सन’ ले उक्त विषयमा आफूलाई उधृत गरेको उनको भनाइ छ। यो सेक्सनले अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्छ। उनले लिम्पियाधुरालाई विवादास्पद र लिपुलेक, कालापानीलाई अतिक्रमित क्षेत्र भनेका थिए।

तत्कालीन प्रमाणका आधारमा आफूले लिम्पियाधुरा क्षेत्रलाई विवास्पद क्षेत्र राख्न प्रस्ताव गरेको उनको भनाइ छ। लिम्पियाधुरालाई ‘विवादास्पद’ शब्द राख्नु आफ्नो गल्ती भएको उनी स्वीकार गर्छन्। त्यो प्रस्ताव पुनरवलोकन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सबैलाई ‘अतिक्रमित क्षेत्र’ का रूपमै राख्नुपर्ने उनको भनाइ छ।

‘म प्राविधिक मान्छे, त्यस बेला जे प्रमाण थियो त्यसकै आधारमा लिपिम्याधुरालाई विवादास्पद र कालापानीलाई अतिक्रमित क्षेत्र भनेर दर्ता गराएँ’, उनी भन्छन्, ‘यो कमजोरी हो, त्यो म स्वीकार गर्छु। तर, अहिले तथ्य र प्रमाणले सबै क्षेत्र अतिक्रमित भएको देखाउँछ। त्यसलाई पुनरवलोकन गर्नुपर्छ।’ यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी नरहेको उनको ठम्याइ छ।

यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न त्यति सहज नभएको उनी बताउँछन्। उनका अनुसार भारतद्वारा अतिक्रमित सुस्ता क्षेत्रले भने राष्ट्रसंघमा प्रवेश पाएको छैन। ‘सुस्तालाई भने प्रवेश गराइएको छैन’, उनी भन्छन्।

सरकारले थाल्यो गृहकार्य:सीमा विवाद समाधान र नयाँ नक्सा बनाउन सरकारले गृहकार्य थालेको छ। यस सम्बन्धमा ठोस प्रस्ताव बनाउन सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले छलफल थालेका हुन्। प्रधानमन्त्री केपी ओलीको निर्देशनमा रेग्मी, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र नापी विभागका महानिर्देशक प्रकाश जोशीबीच छलफल भएको छ।

नेपाल–भारत सीमा समस्या समाधान गर्न गठित परराष्ट्रसचिवस्तरको संयन्त्रका लागि प्रस्ताव बनाउने विषयमा छलफल केन्द्रित थियो। लिम्पियाधुरालाई नक्सामा समेट्न सक्ने÷नसक्ने विषयमा पनि छलफल भएको स्रोतले बतायो। नेपालको आधिकारिक नक्सामा लिम्पियाधुरा समावेश छैन। कालापानी र लिपुलेकलाई समेटेर गत फागुनमा सरकारले प्रशासनिक नक्सा जारी गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सन् २०१४ मै कालापानी र सुस्तामा रहेको सीमा विवाद टुंगो लगाउन परराष्ट्रसचिवस्तरको संयन्त्र बनेको थियो।

संयन्त्रको बैठक एकपटक पनि बसेको छैन। कालापानी र सुस्ताबाहेकका सीमा क्षेत्रमा पाँच वर्षदेखि सीमांकन भइरहेको छ। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले परराष्ट्रसचिवस्तरको संयन्त्रको बैठक बसाउन पहल गरिरहेका छन्।

नापी विभागका पूर्वमहानिर्देशक बरालसँगको फोन वार्तामा राजदूत आचार्यले संयन्त्र बैठक बसाउन भारतीय पक्षसँग कुराकानी भइरहेको जानकारी दिएका थिए। ‘पहल गरेर मात्रै भएन, मिति तोक्नुपर्छ’, उनले भने, ‘मसँग फोनमा राजदूत आचार्यले संयन्त्रको बैठक बसाउने पहल गरिरहेको बताउनुभएको छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट