११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
अ अ+ अ-

भोजपुर। षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ ।

परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।

किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ छ ।

“हामीले स्थानीय रैथाने बालीको संरक्षण र विकासलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख उदासले भन्नुभयो, “बीउ बैंकमार्फत बीउ सङ्कलनसँगै किसानलाई वितरण गर्ने कामलाई निरन्तरता दिएका छौँ ।”

बीउ बैंकमार्फत कोदो, फापर, जाँै, चिनो, कागुनो, गहत, भटमास, सिमी, मकैलगायत विभिन्न रैथाने बालीका बीउ सङ्कलन गरी संरक्षण गरिएको कृषि शाखा प्रमुख दिपेन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म षडानन्द क्षेत्रमा उत्पादन हुने २७ बालीका ११५ जात सङ्कलन गरिएको छ ।

“बीउ बैंकमा स्थानीय रैथाने बालीको व्यवस्थित सङ्कलन गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै रैथाने बालीको विस्तारमा टेवा पुर्याइरहेका छौँ ।”

बीउ बैंकमार्फत किसानलाई बीउ छनोट, संरक्षण विधि तथा उत्पादन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ । यसले परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक कृषि प्रविधिसँग जोड्न मद्दत पुगेको छ ।

नगरपालिकाका उपप्रमुख प्रमिला राईले रैथाने बालीको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक सञ्चालनमा ल्याइएको बताउनुभयो । “स्थानीय बीउको अस्तित्व सङ्कटमा पर्न नदिन यो पहल प्रभावकारी बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले आगामी दिनमा बीउ बैंकलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना बनाएको छ । साथै, रैथाने बालीको बजारीकरण, ब्रान्डिङ तथा मूल्य अभिवृद्धिमा जोड दिँदै किसानको आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ । रासस