११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार
अ अ+ अ-

नवलपरासी। माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ ।

विद्यालयबाट चार जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु एक लाख नगदसहित सम्मान गर्नुभएको हो ।

आज भएको नगद पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी कोइरालाले विद्यालय तहको पाठ्यक्रमले धेरै जिपिए ल्याउन मद्दत गरेको भए पनि नम्रता, अनुशासन र सामाजिक मूल्य र मान्यतामा विद्यार्थी कमजोर रहेको बताउनुभयो ।

जिपिए मात्रै सबै कुरा नभएको भन्दै आचार्यले गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रक्रियामा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले जोड दिनुपर्ने बताउनुभयो ।

अहिले विद्यार्थीहरू शिक्षामा अब्बल हुँदै गएको भए पनि नैतिकता, सदाचारी, अनुशासित विद्यार्थी उत्पादन हुन नसकेको आचार्यले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयको पछिल्लो पाँचवर्षे शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो ।

उहाँले यस विद्यालय आफ्नो विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीका औषत जिपिए ३ दशमलव ४५ रहेको भन्दै सबैभन्दा बढी औषत जिपिए अङ्ग्रेजीमा ३ दशमलव ८० रहेको जानकारी दिनुभयो ।

विद्यार्थीले उच्च जिपिएसहित एसइई उत्तीर्ण रहेको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिन सक्नुपर्नेमा प्रधानाध्यापक अर्यालले जोड दिनुभयो ।

उक्त कार्यक्रममा जिपिए चार ल्याउने विद्यार्थी तेजस्वी पन्तले आफ्नो नियमित पढाइसँगै शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । अध्ययनका क्रममा पाठ घोकेरभन्दा पनि विषयवस्तुलाई राम्रोसँग बुझेर पढ्न सकेमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने पन्तले बताउनुभयो ।

गएको आइतबार सार्वजनिक भएको २०८२ को एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका छन् ।

प्राविधिकसहित सामुदायिक र संस्थागत गरी जिल्लाका १४३ विद्यालयबाट पाँच हजार ६९७ विद्यार्थी एसइईमा सहभागी भएमा चार हजार १३० जना उत्तीर्ण भएका छन् ।

जिल्लाबाट ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ । रासस