४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

नेपाल ‘बफर स्टेट’ होइन, परराष्ट्र नीतिमा हिनताबोध त्याग्न आवश्यकः विज्ञ अधिकारी

नेपाल ‘बफर स्टेट’ होइन, परराष्ट्र नीतिमा हिनताबोध त्याग्न आवश्यकः विज्ञ अधिकारी
अ+ अ-

काठमाडौँ: परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कुटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताउनुभएको छ ।

नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भएपनि कुटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हिनताबोध’ झल्कने गरेको उहाँको विश्लेषण छ । अधिकारीकाअनुसार नेपालले कानूनी रूपमा (डि–ज्युरे) आफ्नो सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक (डि–फ्याक्टो) रूपमा आफूलाई कमजोर वा ‘इन्फेरियर’ ढङ्गले प्रश्तुत गर्ने गरेको पाइएको छ ।

विशेष गरी पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने उपदेशलाई सन्दर्भ जोड्दै उहाँले यस भाष्यले नेपाललाई स्वभावैले कमजोर र चलखेल गर्न नसक्ने राज्यका रूपमा चित्रण गरेको टिप्पणी गर्नुभयो । नेपाललाई ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) मान्ने गरिएको विषयमा स्पष्ट पार्दै उहाँले नेपालले आफूलाई कहिल्यै पनि औपचारिक रूपमा ‘बफर स्टेट’ स्वीकार नगरेको जानकारी दिनुभयो ।


‘बफर स्टेट’ हुनका लागि दुई ठूला र शक्ति राष्ट्रहरूबीच द्वन्द्व रोक्न सक्ने हैसियत भएको राज्य हुनुपर्ने र ती शक्ति राष्ट्रहरूले उक्त राज्यको सीमासम्म मात्र आफ्नो प्रभाव सिमित रहने गरी औपचारिक वा अनौपचारिक सहमति गरेको हुनुपर्ने उहाँको तर्क छ । नेपालको हकमा यस्तो कुनै पनि अन्तर्राष्ट्रिय मान्यता वा सहमति नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो समयको सन्दर्भमा उक्त भनाइको व्यवहारिक महत्व भएपनि यसलाई परराष्ट्र नीतिको मूल मन्त्र बनाइनु आफैँमा हिनताबोधपूर्ण छ । यसले हामीलाई सधैँ कमजोर र असुरक्षित महशुस गराउने भाष्य निर्माण गरेको छ ।’

वर्तमान सन्दर्भमा नेपाल सरकारले अवलम्बन गर्न खोजेको ‘बफर टु ब्रिज’ (मध्यवर्तीबाट पुल) को अवधारणामाथि चर्चा गर्दै अधिकारीले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई अवसरमा बदल्नुपर्नेमा जोड दिनुभयो । दुई छिमेकी मुलुकका बीचमा सन्तुलित कुटनीति कायम गर्दै नेपालले आफ्नो सार्वभौम हैसियतलाई दृढतापूर्वक प्रश्तुत गर्नुपर्ने उहाँको सुझाव छ । –न्युज एजेन्सी नेपाल