१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्लादेशको टोली चन्द्रागिरिमा



अ+ अ-

काठमाडौं । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो ।

उहाँहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गर्नुभएको थियो । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराउनुभएको थियो ।

भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रगिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्लादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरि हिल्सको अवलोकन भ्रमणका लागि बङ्लादेशका राष्ट्रपति हामिद चन्द्रागिरि जानुहुने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।