११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
अ अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ ।

यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरिसकेको प्रदेश सरकारले शुक्रबार यहाँका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा छलफल गरेको हो । छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा दलहरुको सुझाव लिने उद्देश्यले छलफल गरिएको बताउनुभयो ।

कसैलाई खुसी पार्ने र आशय पुरा गर्ने मनसायबाट तर्जुमा हुने नीति तथा कार्यक्रम र बजेट परम्परा तथा संस्कृतिलाई पूर्णरुपले अन्त्य गरिने मुख्यमन्त्री कँडेलले बताउनुभयो । कर्णालीको विकास, समृद्धि र सुशासनमा सहयोग पुग्ने बजेट निर्माणका लागि सबै क्षेत्रको सुझाव सल्लाह लिएर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका प्रदेश सभापति एवं राष्ट्रियसभा सदस्य ललितजङ्ग शाहीले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने बजेट ल्याउन सुझाव दिनुभयो । नेकपाका कर्णाली प्रदेश संयोजक बिमला केसीले कर्णालीको साझा सवाल पहिचान गरी सुशासन कायम हुने र परिणाम ल्याउने किसिमको वैज्ञानिक तथा व्यवहारिक बजेट ल्याउन सुझाउनुभयो ।

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलाबजङ्ग शाहले आवश्यकताका आधारमा विनियोजन हुने बजेट ल्याउन आग्रह गर्दै योजना छनोटलाई व्यवहारिक बनाउन सुझाव दिनुभयो । राप्रपा कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष सूर्य खत्रीले भूइँ नागरिकका समस्या सम्बोधन गर्ने बजेट निर्माणका लागि सरकारलाइ अनुरोध गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले वर्तमान आवश्यकता, जेन्जी मर्म र जनताका आवश्यकतालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम र त्यस अनुसारको बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका जीवनबहादुर शाहीले नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य बनाउन सुझाव दिनुभयो । उहाँले सडक, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर कार्यान्वयन पक्षलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले भौतिकका साथै मानवीय विकास र युवा रोजगारमा सहयोग पुग्ने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले कर्णाली आफैले राजश्व बढाउने नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कार्यान्वयनयोग्य, सुशासन, समृद्धि र सशक्तिरणमा जोड दिने बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य राजकुमार शर्मा र सन्तोषी शाहीले कर्णाली जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने तथा परिणाम देखिने बजेट निर्माण गरी योजनालाई कार्यान्वयन तहमा लैजान नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो ।

छलफलमा डोल्पा, हुम्ला, मुगुका जनताको आधारभूत स्वास्थ्य उपचार जिल्लामै हुने गरी अस्पताललाई बलियो बनाउनुपर्ने, बेरोजागारी समस्या समाधान कसरी गर्ने ? कृषि क्षेत्रमा स्थापना भएर अलपत्र परेका कृषि उद्योगहरुलाई सञ्चालन,  प्रविधि र प्राविधिक जनशक्ति बढाउन, माग नभई आवश्यक, उत्पादन र रोजगार बढाउने बजेट ल्याउने सुझाइएको छ । उक्त छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेशसभा दलका नेता, प्रमुख सचेतक, राजनैतिक दल, योजना आयोगका पदाधिकारी तथा सदस्य, प्रमुख सचिवसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।
–––