२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर दुर्घटनामा युवतीको मृत्यु



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८ प ७५८२ नं को स्कुटर खाल्टो छलाउने क्रममा आफैं अनियन्त्रित भई शनिबार दुर्घटना भएको हो ।

दुर्घटना हुँदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो ।

मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।