२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति उद्धारकोष गर्भवतीका लागि भगवान् बन्दै



अ+ अ-

जाजरकोट । कर्णाली प्रदेशको जाजरकोट, डोल्पालगायतका जिल्लामा अझै सडक सञ्जाल गाउँगाउँमा नजोडिएका कारण यहाँका अधिकांश गर्भवतीको हवाई सेवामार्फत उद्धार गरी ज्यान बचाउँदै आइएको छ ।

सुविधासम्पन्न स्वास्थ्य संस्थादेखि भएका स्वास्थ्य संस्थामा आवश्यक उपकरण नहुँदा यहाँका अधिकांश गर्भवतीको हवाईमार्गबाट उद्धार गरी ज्यान बचाउने काम महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धारकोषको आर्थिक सहयोगमा हुँदै आएको छ ।

कर्णाली प्रदेशको सबैभन्दा दुर्गम जिल्ला डोल्पामा मात्र यो आर्थिक वर्षमा १२ जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षितरूपमा स्वास्थ्य संस्था पठाएर ज्यान बचेको छ । त्यस्तै जाजरकोटमा छ जनाको उद्धार गरी ज्यान बचेको प्रजिअ जनकराज पन्तले जानकारी दिनुभयो ।

दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदयाममा मात्र सञ्चालन हुने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य पु¥याउन मुस्किल हुँदै आएको छ । उता डोल्पाको सदरमुकामसम्म मात्र सडकको ट्र्याक खुला भएको छ भने उपल्लो डोल्पामा सडक निर्माणका लागि पहल नै शुरु भएको छैन ।

सडक सञ्जालसँग उपल्लो डोल्पा अहिलेसम्म जोडिन नसक्नु र भौगोलिकरूपमा जटिल भएका कारण यहाँका अधिकांश गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी ज्यान बचाउन बाध्य भएको अधिकारी बताउँछन् । जिल्लाका सबै ठाउँमा सञ्चार सुविधा नहुनाका साथै समयमै खबर पाउन नसक्दा उद्धारमा केही चुनौती थपिएको जिल्लाका सरकारी अधिकारीको भनाइ छ ।

दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लानुभन्दा पहिला स्थानीय धामी, झाँक्री कहाँ देखाउँदा कतिपयको अकालमै ज्यानसमेत जाने गरेको छ । अधिकांश सर्वसाधारणलाई महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धारकोषले आर्थिक लगानी गरेर गर्भवतीको ज्यान बचाउने कार्यमा सहयोग गर्छ भन्नेसम्म थाहा नभएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति उद्धारकोषको विषयमा व्यापक प्रचार हुनु जरुरी छ, जसका कारण हाम्रा धेरै दिदीबहिनीको ज्यान बचोस ।”

अहिले डोल्पा र जाजरकोटका अधिकांश गाउँमा हेलिप्याड निर्माण कार्य शुरु गरिएको छ । जाजरकोटकोे बारेकोट गाउँपालिकाले अघिल्लो वर्ष नै सबै वडामा एक÷एक वटा हेलिप्याड निर्माण गरिसकेको छ । अन्य स्थानीय तहले पनि पायक पर्ने ठाउँमा हेलिप्याड निर्माणका लागि कार्य शुरु गरेको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

डोल्पाका अधिकांश गाउँमा पनि स्थानीय तहको सहकार्यमा हेलिप्याड निर्माण गर्ने चरणमा कार्य अगाडि बढेको छ । दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था पुर्याउने समयसम्म स्वास्थ्य ठूलो समस्या आइलाग्ने अस्थालाई मध्यनजर गरी हवाईमार्गबाट मानिसको ज्यान बचाउन सजिलो होस् भनी हेलिप्याडको अवधारणा अघि सारिएको छ ।

अन्य विपतमा समेत हवाईमार्गबाट राहत, उद्धार गर्न सजिलो हुने भएकाले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने योजना कार्यान्वयमा ल्याइएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो । डोल्पाका अधिकांश ठाउँमा स्वास्थ्य संस्था पहुँचमा नहुँदा अधिकांश बिरामी हवाईमार्गबाट नै जिल्लाबाहिर लिएर उपचार गरिँदै आइएको छ ।

सदरमुकाम दुनैमा रहेको स्वास्थ्य सेवा कार्यालयमा सुविधा नहुँदा अधिकांश बिरामी बाहिर लगेर उपचार गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् । उपल्लो डोल्पाका स्थानीयवासी स्वास्थ्यमा सामान्य समस्या देखिनासाथ उपचारका लागि नजिक स्वास्थ्य संस्था नहुँदा जिल्ला बाहिर हवाईमार्गबाट जानेगरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।




भर्खरै