१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यासिनो माजोंग दक्षिण एसियामा सर्बोत्कृष्ट



अ+ अ-

सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले साउथ एसिया बेस्ट क्यासिनो क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री श्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रि श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगको सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेंट्री प्रस्तुत गरेको थियो । क्यासिनो माजोंगले नेपाल भ्रमण बर्ष २०२० को लागि बिबिध कार्यक्रमहरु संचालन गर्दै आएको छ, साथै क्यासिनो माजोंगले नेपालगंजस्थित होटेल सोल्टीमा पनि क्यासिनो सचालन गरेको छ ।

२०६९ पौष १२ मा क्यासिनो माजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि. आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ ।

र कुनैपनि राजश्व रकम बुझाउन बाँकी छैन । यस क्यासिनोमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र आश्रित हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरु हवाई मार्गबाट आउने हुँदा क्यासिनोको योगदान होटल व्यावसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ । आधुनिक सामाग्रीहरुको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पुर्याउनु यसको लक्ष्य रहेको छ ।