१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

‘शौचालय व्यवस्थापनमा निर्धक्क कुरा, सफाइका लक्ष्य हुन्छन् पूरा’

‘शौचालय व्यवस्थापनमा निर्धक्क कुरा, सफाइका लक्ष्य हुन्छन् पूरा’
अ अ+ अ-

काठमाडौँ । खाएको कुरा उत्सर्जन भएपछि त्यसको दिगो व्यवस्थापनमा खुलेर कुराकानी हुनुपर्नेमा जोड दिइएको छ । खानेपानी, स्वास्थ्य र सफाइको क्षेत्रमा कार्यरत इञ्जिनीयरको संस्था स्मार्ट वासको आयोजनामा आइतबार राजधानीमा ‘विश्व चर्पी दिवस–२०१९’ कार्यक्रममा हरेक व्यक्तिले कम ध्यान दिएको मानवीय मलमूत्र व्यवस्थापन अहिले विश्वमा स्वास्थ्य र सफाइको क्षेत्रमा चुनौती बनेको सरोकार भएका निकायका अधिकारीले बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले नेपाल करिब एक दशकको अथक प्रयासपछि गत असोज १३ गते खुला दिसामुक्त राष्ट्र भएकोमा गर्व गर्दै अहिले घरघरमा शौचालय बनेको तर पूर्ण सफाइको स्तरमा पुग्न बाँकी रहेको बताउनुभयो । महात्मा गान्धीले सफाइका सम्बन्धमा दिनुभएको कथन उल्लेख गर्नुहुँदै उहाँले गान्धीले भारतीय स्वतन्त्रता सङ्ग्राममा लाग्दा त्योभन्दा पनि महत्वपूर्ण विषय सफाइ रहेकोमा जोड दिनुभएको बताउनुभयोे । विश्वका सबैभन्दा धनी बिल गेट्ससमेत स्वास्थ्य र सफाइ अभियानमा जोडिनुभएको बताउँदै पूर्वमन्त्री साहले चर्पीको कुरा गर्दा नाक नखुम्च्याई खुलेर कुरा गर्न आह्वान गर्नुभयो । पूर्वसचिव सुमन शर्माले खाने र बस्ने होटल र रेष्टुराँको उद्घाटन गर्दा सबैले गर्व गर्ने तर त्यही खाएको कुरा उत्सर्जन गर्ने शौचालयको निर्माण, त्यसको सुव्यवस्थापनका लागि ढल र ढल प्रशोधन केन्द्रको आरम्भ गर्दा सञ्चारमाध्यमले समेत नकारात्मक टिप्पणी गर्ने गरेको भनाइ राख्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले चर्पीको कुरा जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले खुला दिसामुक्त अभियान तीव्र गतिमा चलाइएको बताउनुभयो । घरघरमा चर्पी बनाउने अभियान पूरा भएको बताउँदै उहाँले अब सार्वजनिक क्षेत्रमा शौचालय निर्माणमा सङ्घीय र प्रादेशिक तथा स्थानीय सरकारको पनि ध्यान केन्द्रित भएको बताउनुभयो । शहरी ढलको दिगो व्यवस्थापनका लागि झापाको चारआली र काँकडभिट्टामा विलगेट्स फाउण्डेशनको सहयोगमा प्रशोधन केन्द्र बनेको विभागले जनाएको छ । स्थानीय तहमा यस्ता प्रशोधन केन्द्र बनाउने र दिगोरुपमा सञ्चालन गर्नुपर्ने सरोकार भएका निकायको माग छ ।

कार्यक्रममा स्मार्ट वासका अध्यक्ष इञ्जिनीयर रामदीप साहले खानेपानी, सफाइ र स्वच्छ वातावरणका लागि काम गर्न संस्था स्थापना गरिएको बताउनुभयो । सफाइ र सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन पर्यटनका लागि पनि महत्वपूर्ण भएकामा उहाँले जोड दिनुभयो । नेपाल पर्यटन वर्ष सन् २०२० मा पर्याप्त सार्वजनिक शौचालयको निर्माण र दिगो व्यवस्थापनका सम्बन्धमा काम गर्न नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको जानकारी पनि अध्यक्ष साहले दिनुभयो ।

स्मार्ट वासका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत इञ्जिनीयर हरिप्रसाद शर्माले ‘नेपालमा मानव मलमूत्र व्यवस्थापनका मुद्दा र चुनौती’, ग्रीन विल्डिङ टेक्नोलोजीका रिमा लामिछानेले ‘एनारोविक सिवेज ट्रिटमेण्ट प्लान्ट र घरायसी तथा सार्वजनिक क्षेत्रमा यसको प्रयोग’, नेपाल वाटर कन्जरभेसन फाउण्डेशनका डा चिरञ्जीवी भट्टराईले ‘सार्वजनिक शौचालयको उपयोग र व्यवस्थापनका कानूनी प्रावधान र कार्यान्वयनका पक्ष’ तथा गुथी नामक संस्थाका तर्फबाट ‘उपत्यकाका सार्वजनिक शौचालयको अवस्था’का बारेमा कार्यपत्र प्रस्तुत भएको थियो ।

विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसका रूपमा मनाउन थालेको हो । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘कसैलाई पछाडि नछोडौँ’ रहेको जनाइएको छ ।