८ असार २०८३, सोमबार
,
Latest
विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान



अ+ अ-

मेलम्ची । गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे ।

गाउँपालिकाको अनुदानबाट शनिबार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ । आठौँ वार्षिक साधारणसभाका अवसरमा भैँसी खरिदका लागि ५० जनालाई रु ३० हजारका दरले अनुदान प्रदान गरिएको छ । गाई किन्नका लागि २० जनालाई रु १५ हजारका दरले अनुदान दिइएको छ ।

गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत ७० जना किसानलाई गाईभैँसी खरिदका लागि अनुदान दिइएको हो । चालू आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि रु १८ लाख गाईभैँसी खरिद अनुदान उपलब्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिनुभयो । “पशुपालनमा प्रोत्साहनका लागि गाउँपालिकाबाट रु १८ लाख अनुदान छुट्याइएको थियो, सहकारीमार्फत किसानका हातमा पुर्याइएको छ”, वडाध्यक्ष रिसालले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । साधारणसभा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निर्वाहमुखी मात्र नभई व्यावसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गर्नुभयो । आगामी वर्षका लागि गाईभैँसी खरिदका लागि गाउँपालिकाले रु २० लाख अनुदानको व्यवस्था गरिदिनेसमेत अध्यक्ष श्रेष्ठले घोषणा गर्नुभयो । साधारणसभाका अवसरमा उत्कृष्ट कृषकहरुलाई सम्मानसमेत गरिएको थियो ।

धुस्कुन कृषि सहकारीका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डेरी उद्योग स्थापनाका लागि रु ३५ लाख बराबरको उपकरण प्रदान गरेको थियो । सहकारीका लागि प्रदेश र स्थानीय सरकारबाट महत्वपूर्ण सहयोग मिलेको भन्दै धुस्कुनलाई दुग्धको पकेट क्षेत्रका रुपमा विकास गरिने सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो ।




न्यूजपोलारबाट थप समाचार