१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ६० प्रतिशतसम्म छुट



अ+ अ-

काठमाडौं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिने पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत यही मङ्सिर १ गतेदेखि प्रदर्शनी शुरु गरिएको संयोजक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा रु दुईदेखि रु एक हजार ४०० सम्मका पुस्तक राखिएका छन् । प्रतिष्ठानले प्रकाशन गरेका ५०० प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ र रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ छन् । यसैगरी पछिल्लो समय बजारमा आएका डा बद्रि पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगतप्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गर्नुभएको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गर्नुभएको ‘अन्तरदेशीय नेपाली कथाहरु’ पनि प्रदर्शनीमा छन् ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । यही मङ्सिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्तीसम्म अर्थात् आगामी पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुङ्गेलले बताउनुभयो । प्रदर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका रु पाँचमै उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देशविदेशमा जानुपर्छ भनी सहुलियत रुपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने उहाँको भनाइ थियो ।